भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा बिरामी प्रभावित

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा बिरामी प्रभावित

कञ्चनपुर, २१ जेठ । सुदूरपश्चिम प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू समस्यामा परेका छन्।

कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने रेबिजविरुद्धको खोप सरकारी अस्पतालमा उपलब्ध नभएपछि सेवाग्राहीहरू उपचारबाट वञ्चित हुन बाध्य भएका हुन्।

महाकाली प्रादेशिक अस्पताल का निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएकाले सेवा दिन नसकिएको हो।

उनका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी खोप लगाउन आउने भए पनि हाल खोप उपलब्ध छैन। “जेठदेखि आपूर्ति केन्द्रबाट खोप नआएकाले सेवा दिन सकिएको छैन,” उनले बताए।

धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार सुदूरपश्चिम मात्र होइन, देशभर नै रेबिजविरुद्धको खोप अभाव देखिएको छ।

जनस्वास्थ्य अधिकृत महेश भण्डारीका अनुसार कहिलेसम्म आपूर्ति हुन्छ भन्ने यकिन छैन। उनका अनुसार प्रदेशका सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल तथा ९ वटै जिल्लाका स्वास्थ्य संस्थामा खोप आपूर्ति हुँदै आएको थियो।

खोप अभावका कारण धेरै बिरामी निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर सेवा लिन बाध्य भएका छन्। केही सेवाग्राहीले खोप नपाइने डरका कारण उपचार निरन्तर गर्न समेत चिन्ता व्यक्त गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.