भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा बिरामी प्रभावित

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा बिरामी प्रभावित

कञ्चनपुर, २१ जेठ । सुदूरपश्चिम प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू समस्यामा परेका छन्।

कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने रेबिजविरुद्धको खोप सरकारी अस्पतालमा उपलब्ध नभएपछि सेवाग्राहीहरू उपचारबाट वञ्चित हुन बाध्य भएका हुन्।

महाकाली प्रादेशिक अस्पताल का निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएकाले सेवा दिन नसकिएको हो।

उनका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी खोप लगाउन आउने भए पनि हाल खोप उपलब्ध छैन। “जेठदेखि आपूर्ति केन्द्रबाट खोप नआएकाले सेवा दिन सकिएको छैन,” उनले बताए।

धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार सुदूरपश्चिम मात्र होइन, देशभर नै रेबिजविरुद्धको खोप अभाव देखिएको छ।

जनस्वास्थ्य अधिकृत महेश भण्डारीका अनुसार कहिलेसम्म आपूर्ति हुन्छ भन्ने यकिन छैन। उनका अनुसार प्रदेशका सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल तथा ९ वटै जिल्लाका स्वास्थ्य संस्थामा खोप आपूर्ति हुँदै आएको थियो।

खोप अभावका कारण धेरै बिरामी निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर सेवा लिन बाध्य भएका छन्। केही सेवाग्राहीले खोप नपाइने डरका कारण उपचार निरन्तर गर्न समेत चिन्ता व्यक्त गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.