भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानमा थप सैन्य कारबाही रोक्न अमेरिकी तल्लो सदनको प्रस्ताव पारित

इरानमा थप सैन्य कारबाही रोक्न अमेरिकी तल्लो सदनको प्रस्ताव पारित

काठमाण्डौ, २१ जेठ । अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ।

युद्ध नगर्ने विषयमा भएको मतदानमा २१५ मध्ये २०८ मतले प्रस्ताव पारित भएको हो। चार रिपब्लिकन सांसदले समेत प्रस्तावको पक्षमा मतदान गरेका थिए।

यो प्रस्ताव पछिल्ला महिनाहरूमा इरान–अमेरिका तनाव र युद्ध विस्तारको सम्भावनालाई लिएर गरिएको राजनीतिक प्रयासको हिस्सा हो। आलोचकहरूले ट्रम्प प्रशासनले कांग्रेसको स्वीकृति बिना सैन्य कारबाही विस्तार गर्न खोजेको आरोप लगाएका छन्।

तर यो प्रस्ताव तत्काल कानुन बन्ने छैन। यसको लागि माथिल्लो सदन अमेरिकी सिनेट को स्वीकृति आवश्यक हुन्छ। त्यसपछि पनि राष्ट्रपतिले भिटो प्रयोग गर्न सक्ने भएकाले अन्ततः लागू हुन दुवै सदनमा दुई तिहाइ बहुमत चाहिन्छ।

युद्धविराम भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण जारी रहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.