भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

नेपाल-भारत सम्बन्धमा विकास कूटनीतिको नयाँ युग आवश्यक : सभापति लामिछाने

नेपाल-भारत सम्बन्धमा विकास कूटनीतिको नयाँ युग आवश्यक : सभापति लामिछाने

काठमाण्डाै, २१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रवि लामिछाने) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्ने बताएका छन्।

भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भएको भेटपछि उनले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

लामिछानेका अनुसार प्रधानमन्त्री मोदीसँगको करिब एक घण्टा लामो संवाद अत्यन्तै सकारात्मक र फलदायी रह्यो। उनले नेपाल र भारत दुवैले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्नेमा आफू पूर्ण सहमत रहेको बताएका छन्।

उनले दुई देशबीचको साझा सभ्यतालाई आधार बनाएर आपसी विश्वास, सहकार्य र प्रगतिमा आधारित नयाँ साझेदारी निर्माण गर्न सकिने पनि उल्लेख गरेका छन्।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको बताएका थिए।

 


Thali Mobile Pvt.Ltd.