भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल-भारत सम्बन्धमा विकास कूटनीतिको नयाँ युग आवश्यक : सभापति लामिछाने

नेपाल-भारत सम्बन्धमा विकास कूटनीतिको नयाँ युग आवश्यक : सभापति लामिछाने

काठमाण्डाै, २१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रवि लामिछाने) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्ने बताएका छन्।

भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भएको भेटपछि उनले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

लामिछानेका अनुसार प्रधानमन्त्री मोदीसँगको करिब एक घण्टा लामो संवाद अत्यन्तै सकारात्मक र फलदायी रह्यो। उनले नेपाल र भारत दुवैले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्नेमा आफू पूर्ण सहमत रहेको बताएका छन्।

उनले दुई देशबीचको साझा सभ्यतालाई आधार बनाएर आपसी विश्वास, सहकार्य र प्रगतिमा आधारित नयाँ साझेदारी निर्माण गर्न सकिने पनि उल्लेख गरेका छन्।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको बताएका थिए।

 


Thali Mobile Pvt.Ltd.