भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा

कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा

मुख्य बुँदा:

कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा

सशस्त्र प्रहरी बलले विभिन्न स्थानबाट नियन्त्रणमा लियो

गाडीहरू मुस्ताङदेखि कास्कीसम्म लैजाँदै गरिएको अवस्थामा फेला

नम्बर प्लेट नभएका गाडी, कागजात जाँच भइरहेको

भन्सारसँग समन्वयमा कानुनी प्रक्रिया अघि बढाइने

काठमाडौँ, २१ जेठ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बल नेपाल ले मुस्ताङदेखि कास्की तथा आसपासका क्षेत्रमा ती विद्युतीय गाडी नियन्त्रणमा लिएको हो। गाडीहरू विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा कारबाही गरिएको बताइएको छ।

प्रारम्भिक जानकारी अनुसार नियन्त्रणमा लिइएका गाडीहरू नम्बर प्लेटविहीन छन्। शंका लागेपछि ती सवारीसाधनलाई होल्ड गरिएको र अहिले भन्सारसँगको समन्वयमा कागजात जाँच भइरहेको सशस्त्र प्रहरीका एक उच्च अधिकृतले बताएका छन्।

अधिकृतका अनुसार कागजात ठीक देखिएमा गाडीहरू फिर्ता गरिनेछ भने त्रुटि भेटिएमा भन्सार कानुनअनुसार प्रक्रिया अघि बढाइनेछ। बजेट वक्तव्य सार्वजनिक हुनुअघि कर दर हेरफेरसम्बन्धी सूचना बाहिरिएको आशङ्कासमेत व्यक्त गरिएको छ, जसका आधारमा ठूलो मात्रामा विद्युतीय गाडी आयात गरिएको हुनसक्ने अनुमान गरिएको छ।

बरामद गरिएका गाडीहरू कास्की र पर्वत लगायतका स्थानमा होल्ड गरी राखिएको छ। प्रारम्भिक विवरणअनुसार BYD लगायतका ब्रान्डका विद्युतीय गाडीहरू रहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.