भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द

मुख्य बुँदा:

पोखरा–जोमसोम नियमित हवाई सेवा अस्थायी रूपमा बन्द

तारा एयर र समिट एयरले उडान रोक्यो

मनसुन, मौसम प्रतिकूलता र अफसिजन मुख्य कारण

अगस्ट र सेप्टेम्बरदेखि पुनः सञ्चालन हुने योजना

आकस्मिक चार्टर र हेली सेवा भने जारी रहने

मुस्ताङ, २१ जेठ । पोखरा–जोमसोम नियमित हवाई सेवा करिब तीन महिनाका लागि बन्द गरिएको छ। यहाँ उडान भर्ने निजी वायुसेवा कम्पनी तारा एयर र समिट एयर ले मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनका कारण उडान सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएका छन्।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार बर्खायाममा मौसम खराब हुने तथा यात्रु चाप घट्ने भएकाले नियमित उडान रोकिएको हो। उनका अनुसार तारा एयरले मे २२ देखि र समिट एयरले जुन २ तारिखदेखि सेवा बन्द गरेका हुन्।

पर्यटक सिजनमा दैनिक करिब १० वटा उडानमार्फत पोखराबाट झण्डै १५० भन्दा बढी यात्रु मुस्ताङ आउने गरेको भए पनि अफसिजन सुरु भएसँगै यात्रु संख्या घटेपछि सेवा रोक्नुपरेको हो। समिट एयरले अगस्ट १५ देखि पुनः उडान सुरु गर्ने योजना बनाएको छ भने तारा एयरले सेप्टेम्बरदेखि सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

यसअघि पनि हिउँदयाम र बर्खायाममा यस्तै रूपमा नियमित उडान सेवा अस्थायी रूपमा रोकिँदै आएको छ।

यद्यपि, जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आकस्मिक चार्टर तथा हेली उडान सेवा भने निरन्तर सञ्चालनमा रहनेछ। यस अवधिमा केही साना जहाजहरू हुम्ला सिमीकोटतर्फ समेत स्थानान्तरण गरिएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.