भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द

मुख्य बुँदा:

पोखरा–जोमसोम नियमित हवाई सेवा अस्थायी रूपमा बन्द

तारा एयर र समिट एयरले उडान रोक्यो

मनसुन, मौसम प्रतिकूलता र अफसिजन मुख्य कारण

अगस्ट र सेप्टेम्बरदेखि पुनः सञ्चालन हुने योजना

आकस्मिक चार्टर र हेली सेवा भने जारी रहने

मुस्ताङ, २१ जेठ । पोखरा–जोमसोम नियमित हवाई सेवा करिब तीन महिनाका लागि बन्द गरिएको छ। यहाँ उडान भर्ने निजी वायुसेवा कम्पनी तारा एयर र समिट एयर ले मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनका कारण उडान सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएका छन्।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार बर्खायाममा मौसम खराब हुने तथा यात्रु चाप घट्ने भएकाले नियमित उडान रोकिएको हो। उनका अनुसार तारा एयरले मे २२ देखि र समिट एयरले जुन २ तारिखदेखि सेवा बन्द गरेका हुन्।

पर्यटक सिजनमा दैनिक करिब १० वटा उडानमार्फत पोखराबाट झण्डै १५० भन्दा बढी यात्रु मुस्ताङ आउने गरेको भए पनि अफसिजन सुरु भएसँगै यात्रु संख्या घटेपछि सेवा रोक्नुपरेको हो। समिट एयरले अगस्ट १५ देखि पुनः उडान सुरु गर्ने योजना बनाएको छ भने तारा एयरले सेप्टेम्बरदेखि सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

यसअघि पनि हिउँदयाम र बर्खायाममा यस्तै रूपमा नियमित उडान सेवा अस्थायी रूपमा रोकिँदै आएको छ।

यद्यपि, जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आकस्मिक चार्टर तथा हेली उडान सेवा भने निरन्तर सञ्चालनमा रहनेछ। यस अवधिमा केही साना जहाजहरू हुम्ला सिमीकोटतर्फ समेत स्थानान्तरण गरिएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.