भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्राकृतिक बासस्थानमा बढेनन् घडियाल


  • फाल्गुन १५, २०७७
  • 743 Views
प्राकृतिक बासस्थानमा बढेनन् घडियाल image

चितवन । सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा मुख्यालय नजिकै सञ्चालित घडियाल संरक्षण केन्द्र सफल भए पनि जुन उद्देश्यका लागि संरक्षण केन्द्र स्थापना भएको हो त्यो उद्देश्य पूरा गर्न चुनौती थपिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार केन्द्रले आशातीत प्रतिफल प्राप्त गरे पनि प्राकृतिक बासस्थानमा घडियालको सङ्ख्या बढाउन सकिएको छैन । प्रमुख संरक्षण अधिकृत बरालका अनुसार २०३५ सालमा स्थापना भएको केन्द्रले १० वर्षपछि निरन्तर रूपमा प्राकृतिक बासस्थानमा घडियाल छोड्दै आएको छ ।

यो केन्द्रमा प्रजनन् र हुर्काइएका घडियालका बच्चा विभिन्न नदी र तालतलैयामा छोडिँदै आएको भए पनि ती प्राकृतिक बासस्थानमा गोहीको वृद्धि अपेक्षित रूपमा हुन सकेको छैन । केन्द्रले हालसम्म विभिन्न नदीका एक हजार छ सयभन्दा बढी गोही छोडिसकेको छ । तर प्राकृतिक बासस्थानमा केवल दुई सयको हाराहारीमा मात्र गोही भेटिने गरेको छ ।

प्राकृतिक बासस्थानबाट गोहीको अण्डा सङ्कलन गरी कृत्रिम ह्याचिङ प्रविधि अपनाएर बच्चा उत्पादन गर्ने र ती बच्चा आहारा खोज्नसक्ने बनेपछि प्राकृतिक बासस्थानमा छोड्ने उद्देश्यले केन्द्र स्थापना गरिएको थियो ।
घडियालका लागि अनुवांशिक कोष अर्थात् जिन बैङ्कका रूपमा रहेको संरक्षण केन्द्र घडियाल गोहीको सङ्ख्यात्मक उत्पादनमा सफल भए पनि प्राकृतिक बासस्थानमा भने घडियालको सङ्ख्या वृद्धि गराउन सकिएको छैन ।
पछिल्लो समय नदीमा बढ्दो प्रदूषण, घडियालको मुख्य आहारा माछाको अभाव अनधिकृत रूपमा माछा मारिनु, माछा मार्न प्रयोग गरिएका तिहारी जालमा गोही पर्नु र नदीजन्य स्रोतमा अत्यधिक प्लास्टिक भेटिनुले घडियालको सङ्ख्या वृद्धि हुन नसकेको अनुमान संरक्षणकर्मीहरूको छ ।

त्यसबाहेक गोहीको प्राकृतिक बासस्थानमा मानवीय अतिक्रमण र गोहीको अण्डा निकालेर खाइदिने अवस्थाले पनि प्राकृतिक बासस्थानमा गोही संरक्षण चुनौतीपूर्ण बनेको हो ।
त्यसैगरी नदीमा आउने बाढीबाट बगेर भारततर्फ पुगेका गोही फेरि नफर्कने गरेकाले पनि प्राकृतिक बासस्थानमा गोहीको वृद्धिमा असर पार्ने गरेको छ ।
नेपाल सरकार र फ््रयाङ्कफर्ट जियोलोजिकल सोसाइटी जर्मनीको संयुक्त प्रयासमा केन्द्र स्थापना गरिएको हो । केन्द्र सञ्चालनमा विभिन्न विदेशी संस्थाले आर्थिक सहयोग गर्दै आएका छन् । आटागावा इलिगेट्स जापान, राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल, विश्व वन्यजन्तु संरक्षण कोष नेपाल, स्मिथ सोनियन इन्स्टिच्युट अमेरिका, इन्टरनेसनल ट्रस्ट फर नेचर कन्जरभेसन ब्रिटेन, तराई तथा शिवालिगका लागि जैविक विविधता केन्द्र कार्यक्रमले केन्द्रलाई सहयोग गर्दै आएका छन् ।

सफा पानीमा बस्ने र माछा मात्र खाने घडियाल गोही सिमसार पारिस्थितिक प्रणालीको स्तनधारी जीव हो । हिउँदभन्दा गर्मीको समयमा बढी आहारा आवश्यक पर्ने यो जीव लोप हुनु भनेको सीमसार क्षेत्रमा रहने अन्य जीवको अस्तित्वसमेत नकारात्मक प्रभाव पर्ने मान्यता रही आएको छ ।

यो समाचार आजको गोर्खापत्र दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.