DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

२२ तलाको धरहरामा १४ तलाको ढलान


  • भाद्र २९, २०७७
  • 540 Views
२२ तलाको धरहरामा १४ तलाको ढलान image

काठमाडौं । विनाशकारी महाभूकम्प २०७२ बाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको पुनर्निर्माणअन्तर्गत १४औं तलाको ढलान सम्पन्न भएको छ । अब धरहराका ८ तलाको ढलान गर्न बाँकी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणअन्तर्गत १४औं तलाको ढलान सम्पन्न भएको र अब ८ तलाको ढलान गर्ने कार्य बाँकी रहेको जनाएको छ ।

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुनेछ भने ७२ मिटर उचाइको हुने निर्माण कम्पनीले जनाएको छ । वि.सं. १९९० सालको भुइँचालो अघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । २०७२ सालको विनाशकारी भूकम्पले ९ तलाको धरहरा पनि पूर्ण रूपमा भत्काइदिएको थियो ।

जीआईईटीसी–रमन जेभीले धरहरा पुनर्निर्माणको काम गर्दै आएको छ । ३ अर्ब ४८ करोड रुपैयाँ लागतमा धरहराको पुनर्निर्माण भइरहेको हो । १२ वैशाख २०७२ मा भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गत वर्षको पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।धरहरामा बगैंचा, संग्रहालय, रंगिन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङ स्थल रहनेछन् । बृहत् धरहरा पुनर्निर्माणको क्रममा अहिले हुलाक कार्यालय तथा काठमाडौं मलसम्मको क्षेत्र खाली गराउने काम पनि भइरहेको छ ।

उक्त ठाउँबाट खिचापोखरी हुँदै निस्कने ६ मिटरको बाटो निर्माण हुनेछ । स्थानीयको मागअनुसार ६ मिटरको बाटो निर्माण गर्न लागिएको सम्पदाविद् राजुमान महर्जन बताउँछन् । विश्वभरि महामारीका रूप लिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण पुनर्निर्माणमा पनि असर परेको छ ।

यता, रानीपोखरी पुनर्निर्माणअन्तर्गत ८५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिँधमा कालोमाटो र इँटा ओछ्याउने तथा पानी रहने भागको पर्खाल निर्माणको काम सकिएसँगै वर्षाको पानी जम्मा गर्ने काम पनि भइरहेको छ । प्राधिकरणका अनुसार अब बालगोपाल मन्दिरको निर्माण र पोखरीको सौन्दर्यीकरणलगायतका काम बाँकी छन् ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यीकरणको काम भइरहेको प्राधिकरणले जनाएको छ । राजधानी दैनिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.