भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सिन्धुपाल्चोक पहिरोमा बेपत्ताको खोजीमा नेपाली सेना


  • भाद्र २९, २०७७
  • 570 Views
सिन्धुपाल्चोक पहिरोमा बेपत्ताको खोजीमा नेपाली सेना image

काठमाडौं । सिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ। जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ। भूकम्पले थिलथिलो भएको जमिनमा विकास संरचना विपद्मैत्री नहुँदा पहिरोका घटना धेरै भएको गृह मन्त्रालयका अधिकारी बताउँछन् ।

उपसचिव मुरारी अवस्थी भूकम्पले थिलथिलो भएको ठाउँमा जथाभावी डोजरको प्रयोग गरेर विकास निर्माण गर्दा क्षति बढी भएको देखिएको बताउँछन्। ‘स्थानीय तहको विकास र त्यसको भूजटिलताबीच तादात्म्य मिलेन। विकासका संरचना विपद्मैत्री भएनन्। त्यसैले धेरै क्षति भयो’, मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका इन्चार्ज अवस्थी भन्छन्, ‘भवन र सडक निर्माण गर्दा मापदण्डको ख्याल नगर्दा पनि धेरै घटना भएको हो।’ उनका अनुसार भिरालो र जोखिमयुक्त ठाउँमा बस्ती भएकाले क्षति धेरै भएको हो।

‘मनसुन कम हुने समयमा बाढीपहिरोका ठूला–ठूला घटना भएका छन्। कम हुन्छ भनेको अझ बढिरहेको छ’, उनी भन्छन्। सिन्धुपाल्चोकको बाह्रबिसे र बागलुङका पछिल्ला घटना अप्रत्याशित रहेको उनी बताउँछन् । सिन्धुपाल्चोकका भोटेकोसी र बाह्रबिसेमा असार २५ गते पहिरोले ४ जनाको मृत्यु भएको थियो। भोटेकोसीमै साउन १ गते पहिरो जाँदा एकै परिवारका ५ जनाले ज्यान गुमाए। मेलम्चीमा साउन १९ गते पहिरोमै १० को मृत्यु भयो भने १ जना घाइते भए। जुगल–२ लिदीमा साउन ३० गते आएको पहिरोमा सबैभन्दा बढी क्षति भयो।

त्यहाँ ३७ जनाले ज्यान गुमाए भने २ बेपत्ता छन् । पहिरोले यो वर्ष ५१ जिल्लामा मानवीय क्षति भएको छ। हालसम्म ३ सय १४ जनाको मृत्यु भएको छ। १ सय ११ जना बेपत्ता छन्। १ सय ६० जना घाइते छन्। घाइतेमध्ये अधिकांश उपचारपछि फिर्ता भएका छन्। घटना भइरहेकाले धनजनको क्षतिको यकिन विवरण संकलन भइनसकेको अवस्थी सुनाउँछन्। मुलुकमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा ६७ जनाको मृत्यु भएको छ। ४४ जना बेपत्ता छन् भने ९ घाइते।

२०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोक, रसुवा, दोलखा, धादिङ, गोरखालगायत जिल्ला बढी प्रभावित भए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनपछि मात्रै भूकम्प प्रभावित जिल्लाको भौगर्भिक अध्ययन गरियो। भूकम्प प्रभावित १४ जिल्लाका १ हजार १ सय ३ ठाउँको भौगर्भिक अध्ययन २०७४ सालमा गरिएको थियो। जसमा ६ सयभन्दा बढी जोखिमपूर्ण पाइएको थियो। जसमा सिन्धुपाल्चोकका मात्रै ३ सय ३७ बस्ती परेका थिए। २ सय ९० बस्ती त स्थानान्तरण हुनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.