DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

इतिहासका तीनवटा ‘१७’ र राज्यको क्षमायाचना


  • माघ १, २०७८
  • 406 Views
इतिहासका तीनवटा ‘१७’ र राज्यको क्षमायाचना image

काठमाडौँ । देशको इतिहासमा विभिन्न काल र रूपमा आएका तीनवटा ‘१७’ ले हामीलाई झस्काइरहन्छन्– १० पृथ्वीनारायण शाहले आत्मसमर्पण गरिसकेका कीर्तिपुरेको १७ धार्नी नाक–ओठ काटेको कुरा। २० माओवादी जनयुद्धमा १७ हजार व्यक्तिको बलिदानी। ३० राजा महेन्द्रले ०१७ सालमा गरेको ‘कु’। देशको इतिहासतिर फर्कंदा हामीले पृथ्वीनारायण शाहलाई सम्झनैपर्छ। सम्झनाहरू तीतामीठा हुन्छन्। आफ्नो राज्यको विस्तार गर्ने प्रमुख नायक भएकाले पृथ्वीनारायण सीधै युद्धको इतिहाससँग गाँसिएका छन्।

उद्देश्य जतिसुकै मीठो होस्, मानवीय भावनाले भन्ने हो भने युद्ध तीतो र नमीठो विषय हो। जताबाट व्याख्या गरे पनि यसले मानवताको हत्या गरेकै हुन्छ। यद्यपि, राज्य बनाउन र जोगाउनका लागि भएका युद्धको प्रशस्ति सुन्दै आएका संसारभरिकै अधिकांश मानिसले राष्ट्रभक्ति वा राष्ट्रवादका नाममा युद्धलाई सही ठान्छन्। कतिपय देश अझै पनि राष्ट्रवाद लगायत नाममा युद्धतर्फ अग्रसर भइरहेकै छन्।

मानव इतिहासमा अधिकांश युद्ध राज्य र साम्राज्यकै लागि भए। इतिहासमा युद्ध अविवेकले मात्रै होइन, दासत्व स्वीकार नगर्ने विवेकपूर्ण निर्णयले पनि भए। राज्यको विस्तारलाई हामीले विवेकहीन बलियो बाघले आफ्नो क्षेत्र निर्धारण गरेजस्तो ठान्छौँ। एकातिर विवेकहीनताका कारण आदिम मानव पृथ्वीमा मिलेर बस्न सकेनन् र भयानक युद्धको इतिहासबाट गुज्रँदै आए।

अर्कोतिर सभ्यता, संस्कृति र राज्यको विकाससँगै विवेकको पनि विकास हुँदै आयो। यो बीचमा थुप्रै धर्मग्रन्थ र वीरगाथा लेखिए। अन्नतः पहिलो र दोस्रो विश्वयुद्धपछि संसारभरिका न्यायप्रेमी मानिसले विवेकपूर्ण शासन र न्याय व्यवस्थाका बारेमा सोच्न थाले। यही प्रज्ञा र पृष्ठभूमिमा पृथ्वीनारायणको आज सम्झना र समालोचना हुनुपर्छ। पृथ्वीनारायणले आफ्नो गोर्खा राज्य विस्तारको अभियान थालेका थिए र उनकै अभियानले मूर्त रूप लिँदै जाँदा आजको हाम्रो नेपाल राज्यले एउटा रूप लियो। राज्य ९देश० निर्माण र राष्ट्र ९विभिन्न भाषा, संस्कृति र सम्प्रदाय० निर्माणको बहस अर्कोतिर छ। हाम्रो संविधानले नै ‘राष्ट्र’ र ‘नेपाल राज्य’को स्पष्ट परिभाषा गरेकै छ।

जेहोस्, विश्वका विवेकशील मानिसले अर्को व्यवस्थाको जिकिर नगरेसम्म हामीलाई देश वा राज्य चाहिन्छ, देशको सही इतिहास चाहिन्छ र न्यायपूर्ण अग्रगामी निकास चाहिन्छ।जहाँसम्म पृथ्वीनारायणले कीर्तिपुरे जनताको नाक–कान–ओठ काटेको कुरा छ, यो विषयले विशेषतः २७ पुस छेक ९पृथ्वीनारायण जन्मेको दिन मानी० बहसको रूप लिन्छ। यस सम्बन्धमा पछिल्लो समय कीर्तिपुरे जनताले पृथ्वीनारायणलाई सम्झेर थुक्ने ढुंगोको पनि चर्चा हुन थालेको छ।

कीर्तिपुरको नयाँबजारबाट बाघभैरव जाने बाटोमा एउटा ढुंगा छ। यसलाई स्थानीयले ‘छ्याकः ल्वहं’ भन्छन्। यहाँका एक स्थानीयका अनुसार, स्थानीयवासी हिँडडुल गर्दै यहाँ आइपुग्दा ‘छ्याकः ल्वहं’मा थुक्ने गर्छन्। २७ पुसमा मात्रै होइन, अरू बेला पनि यहाँ आइपुग्दा स्थानीयले थुक्दै आएका हुन्। पृथ्वीनारायणले कीर्तिपुर विजयपछि यहाँका स्थानीयको नाक–ओठ काटेको रिसमा स्थानीयले थुक्ने गरेको जनविश्वास छ। यो प्रामाणिक होइन, जनविश्वास हो। यस सम्बन्धमा विभिन्न अन्य धारणा पनि पाइन्छन्। त्यसैले यस सम्बन्धमा थप अध्ययन अनुसन्धान गरी एउटा विवेकपूर्ण निष्कर्षमा पुग्न आवश्यक छ। किनभने, यस सम्बन्धमा राज्यले कीर्तिपुरे जनतासँग माफी माग्नुपर्ने हुन सक्छ।

नाक काटेको प्रसंग

बालचन्द्र शर्माको पुस्तक ‘नेपालको ऐतिहासिक रूप–रेखा’मा उल्लेख छ, ‘आत्मसमर्पणपछि पनि पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूको जस्तो अपमान गरे, त्यसले उनको उज्ज्वल कीर्तिमा साह्रै ठूलो दाग लाएको छ। कीर्तिपुरमा दुई–दुईपटक पराजय, आफ्ना पितातुल्य काजी कालु पाँडेको मृत्यु, आफ्नो ठूलो सैनिक क्षति र त्यसउपर पनि भाइ सुरप्रतापको एक आँखा घाइते भएकाले पृथ्वीनारायणको क्रोधको सीमा रहेको थिएन।

लाचार भई दुश्मनलाई यसरी आफ्नो कब्जामा पाउनासाथ पृथ्वीनारायणले कीर्तिपुरेको नाक र ओठ काट्ने आज्ञा दिए। पादरी जिसेपको भनाइ अनुसार, त्यस समय पृथ्वीनारायण शाह नुवाकोटमा थिए। कीर्तिपुरको आत्मसमर्पणको दुई दिनपछि उनले नुवाकोटबाटै यो निंद्य आज्ञा दिइपठाए। उनको आज्ञा अक्षरशः पालन गरियो(यहाँसम्म कि काख छोडेका समस्त कीर्तिपुरेको नाक र ओठ काटियो। वंशावली अनुसार यस प्रकार काटिएका नाक र ओठको परिमाण सत्र धार्नी पुगेको थियो। यसको अतिरिक्त कीर्तिपुरका प्रसिद्ध व्यक्तिहरूलाई प्राणदण्ड पनि दिइयो।

पृथ्वीनारायणले रणजित मल्लका भित्रिनीतिरका सात भाइ छोरालाई पनि उनको विश्वासघात सुहाउँदो दण्ड दिन बाँकी राखेनन्। उनीहरूको सर्वस्व हरण गरियो र तीमध्ये केहीका नाक पनि काटिए।’ पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को संख्या १६२ ९असार २०६३०को अंग्रेजी खण्डमा अंग्रेजी र नेपाली भाषामा शुक्रसागर श्रेष्ठको संकलन छ, ‘ब्रिटिस पुस्तकालयको संग्रहमा रहेको माथवर सिंहद्वारा लिखित इतिहासको एक अंश’ शीर्षकमा। जसमा उल्लेख छ, ‘यहाँ उप्रान्त नेपालका ठूलो आड किर्तिपुर सर भयापछि किर्तिपुर्‍या प्रजाहरू सामन्य देषापर्दा आइलाग्न्याहरूकन समाई मार्‍या।

पछिवाट अघि कालु पांडे प्रभृति सर्दारहरूलाई मारि दीयाको रिसले र पछि सुर प्रताप साहका नजरमा तीर प्रहार गरि दीया भया रिसले किर्तिपुर्‍या प्रजाहरू १२ बर्षभन्दा उभोका उमेर भयाकाहरूकन नाक् काट्या भागी दवी रहन्याहरूको मात्र वाच्या। पृथ्वीनारायणले उपत्यकाका अन्य जनतालाई तर्साउन पनि यसो गरेको भनिन्छ। पृथ्वीनारायणले सिंगो नेपाल बनाउने गोर्खा राज्य विस्तारको अभियान थाले र आज हामी नेपाली भएका छौँ। समर्थनमा मात्र होइन, विरोधमा पनि हामीले पृथ्वीनारायणलाई सम्झेका छौँ।

उनका कार्य र व्यवहारको समीक्षा गर्दा केही दोष देखिनुलाई उनका कतिपय समर्थकले ‘विरोध’को संज्ञा दिएको पाइन्छ, यो पनि अति हो। विशेषतः गणतन्त्रपछि पृथ्वीनारायणलाई सम्झने सन्दर्भमा समर्थकले उनको गुण मात्रै हेर्ने, विरोधीले दोष मात्रै देख्ने जस्तो देखिएको छ। कुनै पनि विषयमा गुण–दोष खुट्ट्याउन दुवै पक्षबाट बहस हुनैपर्छ।

पुर्खा, पृथ्वीनारायण र राज्य विस्तार

आज हाम्रो देश रहेको भूगोलमा विभिन्न कालमा विभिन्न राजाले विभिन्न राज्यमा शासन गरेका थिए। अझ ठीक पृथ्वीनारायणले राज्य विस्तारको अभियान थाल्नुअघि यहाँ विभिन्न भुरे–टाकुरे राज्य आ–आफ्नो तजबिजले चलेका थिए। ती राज्यका आफ्नै मूल्य–मान्यता र धर्म–संस्कृति पनि थिए। कुनै पनि शासकले शासन गर्न आफ्नो राज्यका बहुसंख्यक जनताको धार्मिक मान्यता वा मनोविज्ञानलाई पहिलो हतियार बनाउँछ।

पृथ्वीनारायण हिन्दू धर्म–संस्कृतिबाट प्रशिक्षित थिए। उनका पुर्खा खोज्दै जाँदा इतिहास राजा सूर्य खानभन्दा अघिसम्म पुग्छ। डा। राजाराम सुवेदीको स्याङ्जास्थित चौबिसी राज्यहरूको इतिहास’ अनुसार, उत्तरमध्यकालको आरम्भमा राजा सूर्यखानले भीरकोटमा राज्यको स्थापना गरेका थिए। उनी लेख्छन्, ‘स्याङ्जामा प्रचलित लोकइतिहास अनुसार राजा सूर्यखानले आफ्नी इष्टदेवी आलमदेवी कुलदेवीको स्थापना गरी लसर्घा ९रिडीघाटदेखि पूर्वतर्फ दायाँ किनारतर्फ०मा चौपाटी ९चौतारी०झैँ निर्माण गरी भीमसेनपाते ९धुर्सेलीको० सिम्हारा बिरुवा लगाएका थिए।

ती आलमदेवीले चितौरगढमा महाराजालाई ‘मलाई जमिनमा नछुवाई उत्तर खण्ड नेपाल देशतिर लैजाऊ र राज्य गर’ भनिन्। तदनुसार रिडिघाटमा पुगेपछि प्यास लागेकाले बाटाका घरमा पानी मागे। त्यस घरमा रक्सी बनाएकाले रक्सीको घ्याम्पामाथि राखेको तातो पानी खाएछन्। राति सपनीमा ‘तातो पानी पिउनेले अबदेखि मलाई नछुनू तर पूजा गर्न नछोड्नू’ भनेकीले कारिकोटमा आए। ती जनै नलगाउने तातो पानी खाने भाइ मगर र नखाने भाइलाई ठाकुर भनियो। ती कुलदेवीलाई लसर्घामा स्थापना गरी ब्राह्मणको वाक्य, ठकुरीकर्ता, मगर पुजारी भए।

आलमदेवीलाई भीमसेनपातीको बोटमा राख्न खोज्दा अचानक हातबाट देवी जमिनमा खसिन् र झटपट समात्न खोज्दा देवी अलप भएकीले राजा सूर्यखानलाई अन्त्यन्तै चिन्ता पर्न गयो। रातमा राजालाई ‘पीर मान्नुपर्दैन, म यहीँ बस्छु, चोखोनितीसँग मगर कुमार केटा ४, पण्डित १, राजाकर्ता १ भई मेरो भक्ति गर्नू र राज्य बढ्ला’ भनी सपना वाणी भयो। जागा भएपछि राजाले त्यसै ठाउँमा चौपाटी बनाए। देवी अलप भएको ठाउँलाई अलपदेवी भन्दाभन्दै आलमदेवी हुन गयो। आलमदेवीलाई वंशावलीमा आलम खडका कालिका भनिएको छ। सूर्यखानका विषयमा अन्य जानकारी पाउन सकिएको छैन।’

यो कथा अनुसार, यो निष्कर्षमा पुग्न सकिन्छ– सूर्यखान वा कुनै राजा ९उज्जैन छाडेर आउने भूपालरु सूर्यखानको नाम त राज्य बनाएर केही प्रताप फैलिएपछि आएको हुन सक्छ० विधिवत रूपले धर्म र कुलदेवी लिएर यस भूभागतर्फ छिरेका थिए। उनीहरूले यहाँका मानिसको मनोविज्ञानमा गहिरो छाप पर्ने गरी कथा बुने। उनीहरूको वंश आठटीका ९भीरकोट राज्य, गरहुँकोट राज्य, कास्की राज्य लगायत०मा फैलियो। पछि पृथ्वीनारायणले आठटीकालाई एक बनाउन काशी पुगेर आफ्नो गोत्र नै परिवर्तन गरे। राज्याभिषेकपछि पृथ्वीनारायण बनारस ९काशी० गएका थिए, धार्मिकसँगै राजनीतिक उद्देश्यले।

प्रो। ढुण्डिराज भण्डारी ‘नेपालको उद्भव तथा विकासको विश्लेषणात्मक इतिहास’मा लेख्छन्, ‘काशी पुगेपछि पृथ्वीनारायणले सर्वप्रथम गंगास्नान, मणिकर्णिका स्नान, पिण्डदान, गौदान, अश्वदान, स्वर्णदान आदिका साथै गोत्र परिवर्तन गरे। गोर्खाका शाही परिवारले भारद्वाज गोत्रबाट काश्यप गोत्रमा परिवर्तन गर्ने निश्चय भयो। गोत्र परिवर्तनको मुख्य कारण शाही परिवारमा रहेको आठटीकाबाट एक टीका पार्नु थियो।’

भण्डारीका अनुसार, काशीबाट फर्केपछि पृथ्वीनारायणले युद्धका लागि चाहिने धनु–बाण–ठोक्रा, खुँडा–खुकुरी तयार पार्न कालिगडहरू राखी कारखाना चलाए। १५–१६ वर्ष उमेरभन्दा माथि र ३० वर्षभन्दा मुनिका स्वस्थ युवकलाई फौजमा भर्ती गर्न थालियो। यसरी पृथ्वीनारायणले गोर्खा राज्यको विस्तार अभियान थाले। पहिले काठमाडौं उपत्यकालाई मात्रै नेपाल भनिन्थ्यो। सभ्यता र संस्कृतिको केन्द्र्र मानिएको काठमाडौं खाल्डोकै नामबाट विस्तारित राज्यको नाम नेपाल राख्न शाह राजाहरूले कन्जुस्याइँ गरेनन्।

इतिहासको एक प्रकारको चित्रका लागि यहाँ यत्रो क्यानभास ल्याइएको हो। विभिन्न धर्म–संस्कृतिका मानिस समेटिएर नेपाल राज्य त बन्यो, तर उनीहरूका पनि केही गुनासा छन्, जस्तो स्कीर्तिपुरेको देखिन्छ। पछि २०१७ सालमा एक धर्म, एक भाषा, एकतन्त्रीय शासन व्यवस्था लाद्न राजा महेन्द्र अग्रसर रहे। यतिसम्म कि विद्यालयमा महेन्द्रमाला नै पढाइयो। महेन्द्रको पञ्चायती व्यवस्था हटाएर बहुदल ल्याइयो तर पिँध वा उत्पीडनमा परेका जनताले अधिकार पाएनन् भनी माओवादी जनयुद्ध सुरु भयो, जसमा १७ हजार नेपाली जनताको बलिदानी हुन पुगेको तथ्यांक सार्वजनिक छ।

इतिहासका घाउ र राज्यको क्षमायाचना

यो पंक्तिकारले १२ असार २०७८ मा नागरिक दैनिकमा ‘जातीय विभेदमा माफी र सामाजिक न्याय कक्षा’ शीर्षकमा आलेख लेखेको छ। त्यसमा ‘इतिहासदेखि विभेदमा पारेको भनेर राज्यले दलित, महिला लगायत उत्पीडित समुदायसँग क्षमायाचना गर्नुपर्छ र उत्पीडित समुदायले पनि एउटा सर्तमा माफी दिनुपर्छ’ भन्ने पंक्तिकारको धारणा थियो। पृथ्वीजयन्ती ९२७ पुस०लाई एकता दिवसका रूपमा मनाइँदै आइएको एउटा सन्दर्भ छ। अर्कोतिर हिन्दू धर्मबाहेकका कतिपय जाति, समुदायले पृथ्वीनारायणले आफ्ना पुर्खामाथि दमन गरेको बताउने गरेका छन्। त्यस्तै, पृथ्वीनारायण हिन्दू पृष्ठभूमिका भएकाले जात व्यवस्था अनुसार राज्य अगाडि बढ्दा दलित, जनजाति लगायत दमनमा परे।

पृथ्वीनारायणको राज्य विस्तार अभियानबाट बनेको नेपालले निश्चित रूपमा केही घाउ पनि बोकेको छ। घाउलाई नछोईकन उपचार गर्न सकिएला, तर घाउलाई बिर्सिएर उपचार हुन सक्दैन। औषधि खाएर निको पार्न पनि त्यो औषधि घाउसँग सम्बन्धित हुनैपर्छ, उपचारका लागि कुनै तन्त्र वा रहस्यमयी विधाको सहारा लिइयोस्, त्यसका लागि पनि घाउलाई सम्झनैपर्छ। देश बन्दादेखि विभिन्न चरणका युद्ध र आन्दोलनले कतिपय जनतामा घाउ पारेकै हुन्। जातमा आधारित कानुन बनाएर बाहुन–क्षत्रीबाहेकलाई धर्म र सत्ता चलाउन नदिई थिचेर पनि घाउ पारिएकै हो।

उपाध्या, रजपूत, जैसी बाहुन, तागाधारी क्षत्रीय, नमासिन्या मतुवाली, मासिन्या मतुवाली, छिटो हाल्नुनपन्र्या, छिटो हाल्नुपन्र्या, पानी नचल्या लगायत जात विभाजन गरी विशेषतः दलित र जनजातिलाई टाउको उठाउन दिइएन। यी तमाम घाउका सम्बन्धमा न्यायपूर्ण किसिमले खोज अनुसन्धान वा छानबिन र न्याय अझै बाँकी छन्। संक्रमणकालीन न्यायको मुद्दा अर्कोतिर छ। यतिखेर हामी आन्दोलन, सशस्त्र विद्रोह र संविधानसभाको पृष्ठभूमिबाट संविधान बनाएर अगाडि बढिरहेका छौँ। संविधानप्रति असन्तुष्टहरू पनि छन्। यद्यपि हामी नेपाली आ–आफ्नो पहिचानसहित एकताको सूत्रमा गाँसिनैपर्छ।

यसका लागि सरकारले नेपाल राज्यका तर्फबाट ती व्यक्ति तथा समुदायसँग क्षमायाचना गर्नुपर्छ, जोमाथि हिजो विभिन्न उत्पीडन हुन पुग्यो। नागरिकले पनि माफी कुनै सर्तमा दिनुपर्छ, अनि मात्र हामीले एकता दिवस मनाउने पृष्ठभूमि तयार हुन्छ। जहाँसम्म पृथ्वीनारायणले कीर्तिपुरेको १७ धार्नी नाक–ओठ काटेको कुरा छ, यसमा मानिसको काटिएको नाक–ओठ जोखेर कोही बसेन होला, यो एउटा अड्कल होला– यसलाई पनि राज्यले अध्ययन–अनसन्धानसँगै विवेकपूर्ण सम्बोधन गर्नैपर्छ।

देशको इतिहास सम्झँदा पृथ्वीनारायण नै अगाडि आउने भएकाले उनकै जन्मजयन्तीलाई हामीले ‘एकता दिवस’ मनाउन सक्छौँ। यसो नगर्ने हो भने गणतन्त्रमा अग्रगामी गति लिएको देशमा राजावादीहरू सक्रिय हुने सम्भावना झनै धारिलो बन्न सक्छ। त्यसैमा यसमा हामीले सानो चित्त गर्नुहुँदैन। सामाजिक न्याय र मौजुदा कानुनको नजरबाट हेर्दा हामी अधिकांश आज पनि अपराधी ठहरिन सक्छौँ। नेपालीलाई एकताको सूत्रमा जोड्न हामीले एउटा मार्गप्रशस्त गर्नैपर्छ। योसँगै इतिहासमा भएका उत्पीडनको सही क्षतिपूर्तिका सन्दर्भमा पनि बहस हुनुपर्छ। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.