भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान | होर्मुज स्ट्रेट बन्द गर्ने इरानको चेतावनी, अमेरिका–इरान तनाव थप चुलियो | राष्ट्रिय परिचयपत्र बनाउन अब छुट्टै फाराम नपर्ने, नागरिकता विवरणकै आधारमा प्रक्रिया | मध्यपूर्व युद्धको १४ दिनमै ५० लाख टन कार्बन उत्सर्जन, जलवायुमा गम्भीर असर | एनआरएनए र नेपाली मूलका नागरिकका लागि त्रिभुवन विमानस्थलमा अलग्गै डेस्क | बागमतीमा १० वर्षमा विपद्को कहर: १,०३८ को मृत्यु, करिब ७ अर्ब क्षति | चितवनका सातै पालिकामा ‘पीपीआर’ खोप अभियान, २.५ लाख बाख्रालाई खोप लगाइने | राष्ट्रिय मान्यता पाए पनि २ दल प्रमुख सचेतक सुविधाबाट वञ्चित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

खर्कमै बित्यो हुम्लीको आधा शताब्दी


  • आश्विन ११, २०७७
  • 392 Views
खर्कमै बित्यो हुम्लीको आधा शताब्दी image

हुम्ला। माथिल्लो हुम्लाका हिमाली क्षेत्रका बासिन्दा ४५ देखि ५५ वर्षसम्म चौँरी तथा पालुवा पशुको खर्कमा बस्ने गरेको पाइएको छ । खर्कमा बस्ने मानिसलाई स्थानीय बोलीचालीमा खर्काला लाग्ने भनिन्छ । घरको एक जना मानिस चुवाखोला क्षेत्रमा खर्कालाका रूपमा बस्नैपर्ने भएपछि उहाँहरूको दैनिकी यसरी बित्दै आएको छ ।

उहाँहरूको आधा शताब्दी खर्कमै बितेको छ । सिमकोट गाउँपालिका–१, दोजामकी नाथेर्मा लामा अहिले ७० वर्षकी हुनुभयो । बीस वर्षको उमेरदेखि खर्कमा बस्दै आउनुभएकी लामाले अब त जिन्दगी पनि यसैमा बित्ने बताउनुहुन्छ । ठ्याक्कै आधा शताब्दी भयो अर्थात् ५० वर्ष । सदरमुकाम सिमकोटसमेत नदेख्नुभएकी लामालाई खर्कमै बस्न रमाइलो लाग्ने लाग्छ ।

जेठ महिनामा गाउँ छोडेर खर्कतिर लाग्ने खर्कालाहरू कात्तिक महिनापछि मात्र फिर्ता हुन्छन् । चुवाखोला क्षेत्रको राकार्बुसम्म खर्क सारिन्छ ।
अहिले त वन क्षेत्र उहाँहरूका लागि सामान्यजस्तो लाग्न थालेको छ । चिसो बढेसँगै खर्कहरू पनि सार्न थालिएको छ । लामाले आफू मात्र खर्क नभई नाति–नातिनी, बुहारी पनि राखेको बेलिविस्तार सुनाउनुभयो ।

किनकि हिमाली क्षेत्रमा एक वर्षमुनिका शिशु भएका आमा पनि खर्कमै राख्ने गरिन्छ । साना नानीलाई स्वच्छ हावापानी हुने हुँदा खर्कमा पठाइन्छ । “उति बेला पढ्ने चलन थिएन, खर्कै रमाइलो थियो,” उहाँ थप्नुहुन्छ, “अब पढ्ने चलनले नानीहरू खर्क ढुक्कले बस्दैन ।’’ वर्षाको पानीमा भने केही आपत् आउने र पानीमा भिज्दै चौँरी गाईलगायत पशु खोज्न जाँदाको पीडा भने उहाँलाई ताजै छ ।

दैनिक रूपमा काम गरिरहेको बानीले होला खर्कालुहरू बलिया पनि उस्तै देखिनुहुन्छ । अर्को खर्कमा बिहानै पशुलाई चराउन पठाउनु, खोले पकाउनु, मही पार्नु बिहान ९ देखि १० बजेसम्म दुहुने काम, दिउँसो वनमा पठाउनु, छुर्पी सुकाउनु, दाउरा जम्मा गर्नु त खर्कालाका लागि दैनिक दिनचर्या नै हुन् । गोरखापत्रबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.