भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोरोना परीक्षणकाे दोब्बर शुल्कअसुल्दै स्टार अस्पताल


  • आश्विन ११, २०७७
  • 596 Views
कोरोना परीक्षणकाे दोब्बर शुल्कअसुल्दै स्टार अस्पताल image

कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने आरटी–पिसिआर परीक्षणका लागि काठमाडौंको स्टार अस्पतालले सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क लिइरहेको पाइएको छ । सरकारले शुल्क घटाएयताको १३ दिनमा मात्रै स्टारले एक करोड २८ लाखभन्दा बढी शुल्क असुल गरेको छ । सरकारले २८ भदौमा पिसिआर परीक्षणको शुल्क चार हजार पाँच सयबाट घटाएर दुई हजार कायम गरेको छ ।

कुनै पनि अस्पतालले योभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । तर, स्टार अस्पतालले भने स्वास्थ्य मन्त्रालयकै संरक्षणमा सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क असुलेको पाइएको छ । स्टारले प्रतिनमुना तीन हजार आठ सय ९९ रुपैयाँ लिएको बिल फेला पारेको छ । यो सरकारले तोकेको मूल्यभन्दा एक हजार आठ सय ९९ रुपैयाँ बढी हो । सरकारले दुई हजार शुल्क तोकेको १३ दिनको भएको छ ।

यो अवधिमा मात्रै स्टारले ६ हजार सात सय ८० वटा नमुना परीक्षण गरेको स्वास्थ्य मन्त्रालयलाई बुझाएको रिपोर्टमा देखिन्छ । सरकारले तोकेको शुल्कमा परीक्षण गर्दा एक करोड ३५ लाख ६० हजार रुपैयाँ हुन्छ । तर, स्टार अस्पतालले एक करोड २८ लाख ७५ हजार दुई सय २० रुपैयाँ बढी असुल गरेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार स्टार अस्पतालले प्रत्येक दिन चार सयभन्दा बढी नमुना परीक्षण गरिरहेको छ । यो १३ दिनमा सरकारले तोकेकै शुल्क परीक्षण गर्दा पनि स्टार अस्पताललाई प्रतिनमुना पाँच सयका दरले ३३ लाख ९० हजार रुपैयाँ फाइदा हुने प्रयोगशाला विज्ञहरू बताउँछन् । तर, स्टार अस्पतालले सरकारले तोकेभन्दा एक हजार आठ सय ९९ रुपैयाँ बढी शुल्क लिएर परीक्षण गरिरहेको छ । प्रतिनमुना एक हजार आठ सय ९९ रुपैयाँ बढी लिएर ६ हजार सात सय ८० जनाबाट १३ दिनमा एक करोड २८ लाख ७५ हजार दुई सय २० रुपैयाँ असुलेको छ । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.