भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘गाउँमा मागेरै भए पनि बहिनीहरूको भोक मेटाइरहेकी छु, सायद औषधि भएको भए बुबा बाँच्थे कि ?’


  • भाद्र २३, २०७७
  • 633 Views
‘गाउँमा मागेरै भए पनि बहिनीहरूको भोक मेटाइरहेकी छु, सायद औषधि भएको भए बुबा बाँच्थे कि ?’ image

बैतडी । सदरमुकामको गोठालापानीबाट आधा घण्टाको सडक दूरीमा दशरथचन्द नगरपालिका–१० सत्पाली गाउँ पुगिन्छ । पाँच मिनेट ओरालो झरेपछि खोला छेउमा एककोठे जीर्ण घर छ । त्यही साँघुरो र अँध्यारो घरमा दुई वर्षदेखि बसिरहेका छन्, ६ जना बालिकाहरू । तीन वर्षअघि आमा मीनादेवी लावड बेपत्ता भइन् ।

आमा भागेको अर्को वर्ष बुबा राजुरामको मृत्यु भएपछि नीलम लावडसहित ६ बालिका बेसहारा भए । १३ वर्षमुनिका पाँच बहिनीको सहारा बन्दै आएकी जेठी नीलम अहिले १५ वर्षकी भइन् । नीलमले मागेरै भए पनि सबै बहिनीको पालनपोषण गरिरहेकी छन् । नीलमपछिकी बहिनी १३ वर्षीया नीतु छिन् । त्यसपछिका बहिनीहरू १२, १०, ९ र ४ वर्षका छन् । ‘एक वर्षकी बहिनीलाई आमाले छोडेर गइन्,’ नीलमले भनिन्, ‘बुबा बिरामी भएर उठ्न नसक्ने भएपछि मैले पाउनुसम्म दुःख पाएँ ।

गाउँमा मागेरै भए पनि बहिनीहरूको भोक मेटाइरहेकी छु । औषधि गर्ने पैसा भए बुबा पनि बाँच्थे कि ?’ मागेरै ६ जनाको परिवार पाल्नुपरे पनि हिम्मतिली नीलमको साहस भने गज्जबको छ । उनले बिहान–साँझ गाउँघरमा मागेर र बिदाका दिन कसैको गोठालो गएर खानेकुरा जुटाउँछिन् । बाँकी समय स्कुल पढ्छिन् । गाउँकै विद्यालयमा ८ कक्षामा पढ्ने उनले कान्छी बहिनीबाहेक सबैलाई स्कुल भर्ना गरेकी छन् । उनका दुई बहिनी ५ कक्षा पढ्छन् भने दुई जना ३ कक्षामा छन् ।

उनीहरू आलोपालो गरेर चार वर्षीया बहिनीको हेरचाह गर्न एक जना घरमै बस्छन् । पालो लगाएर नीलम र नीतु गाउँलेको काम गर्दै साँझ–बिहानको खानेकुरा जुटाउँछन् ।नियमित स्कुल जान नपाएका कारण सबैको पढाइ कमजोर छ । यद्यपि पढेर ठूलो मान्छे बन्ने सपना उनीहरूको छ । ‘अरूले दिएका झुत्रा कपडा टालटुल गरेर लगाइरहेका छौं । भनेको बेला कापीकलम किन्ने पैसा हुँदैन,’ नीतु भन्छिन्, ‘दिदीबहिनी पालैपालो स्कुल जाने गरेका छौं ।

पढ्यो भने कुनै दिन त सुख होला नि ।’ उनीहरूको दुःख र समस्या बुझेर स्कुलले पढाइ निःशुल्क गरेको छ । नगरपालिकाले पनि कहिलेकाहीं कापीकलम र खाद्यान्न सहयोग गर्दै आएको छ । ‘नगरपालिकाले दुई बोरा चामल सहयोग गरेका बेला दुई महिना ढुक्कले स्कुल गयौं,’ नीलमले भनिन्, ‘त्यो सकिएपछि फेरि खानकै चिन्ता हुन्छ ।’ आफूहरू कति दिन भोकै सुते पनि सानी बहिनीहरूले भोक लाग्यो भनेर रुँदा साह्रै पीडा हुने गरेको उनले बताइन् । कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.