भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सम्पत्ति शुद्धीकरण मुद्दा : दीपक भट्टको ८औँ र शुलभ अग्रवालको ९औँ पटक म्याद थप

सम्पत्ति शुद्धीकरण मुद्दा : दीपक भट्टको ८औँ र शुलभ अग्रवालको ९औँ पटक म्याद थप

काठमाडौं, २५ जेठ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवालको म्याद थप गरिएको छ।

विशेष अदालत प्रशासनका अनुसार दीपक भट्टको हकमा आठौँ पटक र शुलभ अग्रवालको हकमा नवौँ पटक म्याद थप गरिएको हो। अदालतले दुवै प्रतिवादीमाथि अनुसन्धानका लागि थप ३–३ दिनको म्याद अनुमति दिएको छ।

न्यायाधीशद्वय नारायण पौडेल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको विशेष अदालतले जनाएको छ।

प्रहरीले उनीहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा अनुसन्धान जारी राखेको छ। अनुसन्धान प्रक्रिया अझै नसकिएको भन्दै पटक–पटक म्याद थप हुँदै आएको हो।

 


Thali Mobile Pvt.Ltd.