काठमाडौँ । गत साता बेलायत, आयरल्यान्ड, जर्मनीलगायत केही युरोपेली देशमा कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि त्यहाँका सरकारले घोषणा गरेको लकडाउन समाप्त गर्न माग गर्दै केही प्रदर्शनहरू भए । ‘युरोप र संरा अमेरिकालाई केन्द्र मान्ने’ चिन्तन अझै बलियो रहेको आजको संसारमा युरोपका केही देशमा भएका ती प्रदर्शनले ठूलै हलचल ल्यायो । परिणामतः विश्व स्वास्थ्य सङ्गठनले समेत आफ्ना कतिपय पूर्व मान्यतामा ‘स्वर मसिनो’ बनायो ।
विश्व स्वास्थ्य सङ्गठनले हरेक दिन गर्दै आएको भर्चुएल पत्रकार सम्मेलनका पछिल्ला शृङ्खलामा अधिकारीहरूले सावधानीका प्रावधानलाई भन्दा खोपको कुरालाई बढी जोड दिएको पाइएको छ । जबकि संसारमा कोभिड–१९ को सङ्क्रमण दर अझ बढिरहेको र कतिपयले सावधानीका उपायमा हेलचक्य्राईँ गरिरहेका छन् । नेपालजस्ता गरिब देशमा सङ्क्रमण थप विस्तार भइरहेको छ भने झन्डै रोकथामको दिशामा गइसकेका देशमा पनि कोभिडका सङ्क्रमित फेरि – फेरि देखिन थालेको छ ।
गत साता युरोपेली देशमा लकडाउनको विरोध गर्दै भएका प्रदर्शनबाट सबभन्दा खुसी सम्भवतः संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, उनीसम्बद्ध रिपब्लिकन दल, ब्राजिलका राष्ट्रपति जाएर बोल्सानारो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भए । कोभिड–१९ को महामारी चीन र दक्षिणपूर्वी एसियाका केही देशमा सीमित हुँदा खुसी भएका ट्रम्प जब आफ्नै देशमा महामारीले भयावह रूप लियो, तब महामारीलाई ‘सामान्य रुघाखोकी’ को संज्ञा दिएका थिए ।
राष्ट्रपतिका जनस्वास्थ्य सल्लाहकार डा। फाउसीलगायतका विषयविज्ञहरूले ट्रम्प सरकारलाई लगातार यो महामारी गम्भीर विषय भएकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने विषयमा जोड दिइरहे । विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले पनि वाशिङ्टनलाई यो विषयमा लगातार चेतावनी दिइरहे । तर, अनुदारपन्थी ट्रम्पलाई विषयविज्ञहरूका सल्लाहले तसको मस बनाउन सकेन । बरु उनले डा।फाउसीलाई पदबाट बिदामात्र गरेनन्, विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट नै अमेरिकाले हात झिक्यो । ट्रम्पसम्बद्ध रिपब्लिकन दलका मानिसहरूले सावधानीका कुनै पनि नियमको खिल्ली उडाउँदै राज्य स्तरमा जारी लकडाउनको उल्लङ्घन गरे ।
ट्रम्प यस्ता लकडाउन उल्लङ्घनका घटनाबाट खुसी भए । उल्लङ्घनकर्ताहरूलाई अझ प्रोत्साहित गरे । संरा अमेरिकाको रिपब्लिकन पार्टीको सबभन्दा धेरै आर्थिक चन्दा हतियार व्यापारीबाट प्राप्त हुने कुरा धेरै अध्ययनले पुष्टि गरेको छ । साना हातहतियारको खुलमखुला बिक्री वितरणले त्यहाँ हरेक दिनजसो गोली काण्ड र हत्या भइरहेका हुन्छन् । तथापि, त्यहाँको राजनीतिमा हतियार व्यापारीहरूको प्रभावको कारण आजसम्म कुनै पनि शासकले हतियारमाथि प्रतिबन्ध लगाउन सकेको छैन ।
संसारका जुनसुकै कुनामा भइरहेका लडाइँ र द्वन्द्वमा संरा अमेरिकामा बनेका हातहतियारकै आधिक्य हुने गरेको छ । यसरी आफ्नो नाफाको निम्ति हातहतियारको व्यापारलाई तरकारीको व्यापारजस्तै बनाउन चाहने संरा अमेरिकी नेताहरूले नोबेल कोरोनाको कारण मानिसको अनाहक मृत्युवरणलाई ठूलो विषय बनाउन तयार नहुनु कुनै आश्चर्यको विषय भएन । ट्रम्पको सो नीतिको कारण आज संरा अमेरिका संसारमै सबभन्दा बढी सङ्क्रमण फैलिएको देशमध्ये एउटा भएको छ ।
कोभिड–१९ को कारण मर्नेको सङ्ख्या पनि सबभन्दा बढी त्यहीँ छ । तर, यसरी मर्नेहरू भने गरिबी कामदार जनता बढी छन् । ब्राजिलका राष्ट्रपति पनि लकडाउनको विपक्षमा लगातार उभिए । ट्रम्पकै विचारका पक्षधर बोल्सोनारोले समयमै सावधानीका कदम नअपनाउँदा कैयौँ मानिसले ज्यान गुमाउनुप¥यो । भारतको मोदी सरकार कोभिड नियन्त्रणमा कहिल्यै पनि गम्भीर भएन ।
कोभिड नियन्त्रणको निम्ति क्वारेन्टिन स्थल बनाउनुको सट्टा उनको ध्यान अयोध्यामा राममन्दिर बनाउनेमा थियो । कोभिड व्यवस्थापनमा सबभन्दा भद्रगोल पृथ्वीमा कहीँ भयो भने भारतमै भयो । भारत–पाकिस्तान विभाजन हुँदा जस्ता पैदलयात्रीहरूको दृश्य भारतमा यो अवधिमा देखियो । त्यत्तिबेला साम्प्रदायिक दङ्गाबाट जोगिन मानिसहरूले लामो–लामो पैदल यात्रा गरेका थिए । यतिबेला भने महामारी, भोक र अनिश्चयबाट भाग्न मानिसहरूले त्यस्तै यात्रा गरे । तर, यस्ता यात्रामा जनताले भोग्नुपरेको दुःखले मोदी सरकारलाई कति पनि संवेदित बनाएन ।मजदुरबाट…
