भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मल नपाइने सास्ती १० घण्टा


  • भाद्र १८, २०७७
  • 344 Views
मल नपाइने सास्ती १० घण्टा image

चितवन । गीतानगरको सर्वोदय सहकारीबाहिर मल पाउने आशमा बुधबार बिहान देखि लाम लागेका किसान मल सकिएपछि अधिकांश रित्तै फर्किएका छन् । कैलाशनगरका रामप्रसाद पौडेल बिहान २ बजे उठे । तयार भएर साढे २ बजे साइकलका पाइडल चलाउन थाले। उनले पुग्नु थियो, करिब आधा घण्टा टाढा गीतानगर।

त्यहाँ बुधबार बिहान मल बेचिन्छ भन्ने चितवनका निकै परपरैसम्म हल्ला फैलिएको थियो। त्यही सुनेर उनलाई पनि बेलैमा निद्राले छाडेको थियो। नछाडोस् पनि कसरी रु त्यस्ता धेरै ठाउँ गइसकेका उनले कतै मल पाएका थिएनन्। सकेसम्म अगाडि लाम लाग्न हतारिएका उनी पुग्दा ३ बजेको थियो। अगाडि धेरै लाममा बसिसकेका थिए।

भीडमा अघिल्तिर मध्यरातिदेखि बसेकासमेत थिए। उज्यालो भएपछि छोरासँग अर्को साइकलमा आइपुगिन् श्रीमती दुर्गादेवी। गीतानगरको सर्वोदय सहकारीमा लाम लागेका उनीहरूले साढे १० बजेतिर धन्न १०–१० किलो मल पाए। लगत्तै घोषणा आयो, ‘मल सकियो।’ बुधबार जम्मा १ सय २० बोरा युरिया दिइयो। एक बोरोमा ५० किलो हुन्छ। एक बोरा दिँदै ५ जनालाई बाँड्न भनिन्थ्यो। बालीको हरियाली कल्पना गरेर घण्टौं उभिएका बाँकी ४ सय किसान रित्तो हात घर फर्किन बाध्य भए।

‘रातभर लाइनमा बस्दा पनि मल पाइएन। अन्त पाइन्छ कि भनेर धेरैतिर चाहारियो तर रित्तो हात फर्कनु पर्‍यो’, गीतानगरका ७० वर्षीय कुस्माखर घिमिरेले भने, ‘यो देशमा मर्कामा पर्ने हामी किसान नै रहेछौं।’चर्को घाममा घण्टौं लाइन बस्दा पनि मल नपाएपछि उनको आक्रोशले सीमा नाघ्यो। ‘कृषिप्रधान देश रे १ हामी किसानले भनेको बेलामा मलसम्म पाउँदैनौं। बूढो मान्छे, घण्टौं भइसक्यो लाइन बसेको। अहिले आएर मल सकियो भन्छन्। अब हामीले कसलाई गुहार्ने हो ? ’

उनी ठूलो स्वरमा कराइरहेका थिए।कुस्माखरले करिब डेढ बिघा जग्गामा धानखेती गरेका छन्। रोपेदेखि अहिलेसम्म मल हाल्न पाएका छैनन्। सहकारीले मल बाँड्ने खबर पाएपछि उनी पनि टण्टलापुर घाममा लाइन बस्न पुगेका थिए। उनी पनि रित्तै फर्किए। मल नपाएका किसान आक्रोशित बनेपछि प्रहरीले बल प्रयोग गरेर तितरबितर पार्नु परेको थियो। धानखेती गर्ने अधिकांश किसान अहिले मलको खोजीमा छन्। खेतमा धानको बाला फलाउने सपना बोकेका उनीहरू हैरानी बेहोर्न बाध्य छन्। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.