भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान | होर्मुज स्ट्रेट बन्द गर्ने इरानको चेतावनी, अमेरिका–इरान तनाव थप चुलियो | राष्ट्रिय परिचयपत्र बनाउन अब छुट्टै फाराम नपर्ने, नागरिकता विवरणकै आधारमा प्रक्रिया | मध्यपूर्व युद्धको १४ दिनमै ५० लाख टन कार्बन उत्सर्जन, जलवायुमा गम्भीर असर | एनआरएनए र नेपाली मूलका नागरिकका लागि त्रिभुवन विमानस्थलमा अलग्गै डेस्क | बागमतीमा १० वर्षमा विपद्को कहर: १,०३८ को मृत्यु, करिब ७ अर्ब क्षति | चितवनका सातै पालिकामा ‘पीपीआर’ खोप अभियान, २.५ लाख बाख्रालाई खोप लगाइने | राष्ट्रिय मान्यता पाए पनि २ दल प्रमुख सचेतक सुविधाबाट वञ्चित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

१२ वर्षे बालिकाको बलात्कारपछि हत्या गरेपछि भावविह्वल छन् बाजेबज्यै


  • आश्विन १०, २०७७
  • 540 Views
१२ वर्षे बालिकाको बलात्कारपछि हत्या गरेपछि भावविह्वल छन् बाजेबज्यै image

बझाङ । बाजे गोरख र बज्यै हाँसुको सहारा थिइन् १२ वर्षीया सम्झना कामी । घरभित्रको सानोतिनो काम मात्र होइन, घाँस काट्ने, बस्तुभाउको स्याहार तथा बारी गोडमेल गर्नेलगायत काममा पनि उनी निपुण थिइन् । ‘हामी बूढाबूढी बिरामी हुँदा पानी दिने उही थिई । केही परिहाल्यो भने नातिनी छँदै छ भनेर सोच्थ्यौं । मेरी फूलजस्ती नातिनीलाई राक्षसले चुँडिदियो,’ बज्यै हाँसुले भनिन् ।

बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । नातिनीको ‘हत्या’ ले कामी परिवार मात्र होइन, खिकाला गाउँ नै शोकमा डुबेको छ । घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन खिकालावासी सदरमुकाम चैनपुर आएका छन् । यस घटनाको सामाजिक सञ्जालमा समेत व्यापक निन्दा भइरहेको छ । विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्तिसमेत निकालेका छन् ।

आमाबाबु चार वर्षदेखि भारतको बेंग्लोरमा रहेकाले सम्झना दुई बहिनीसहित बाजेबज्यैसँग बस्दै आइरहेकी थिइन् । नातिनीको हत्यापछि उनका बाजेबज्यै विह्वल अवस्थामै चैनपुर आई प्रहरी, पत्रकार र अधिकारकर्मीहरूसँग हत्यारालाई कारबाही गराइदिन अनुरोध गरिरहेका छन् । घटनाको दिन दिउँसो ४ बजेतिर खाजा खाएर सम्झना आधा घण्टाको पैदल दूरीमा रहेको गोठमा गाईबस्तुलाई घाँस हाल्न डोको–नाम्लो बोकेर गएकी थिइन् । ‘दिनभरि बाख्रा चराएर थाकेर आएकी थिई, गोठमा म जाउँला तँ आराम गर् भन्दा मानिन,’ बज्यै हाँसुले विलाप गर्दै भनिन्, ‘तपाईं बिरामी हुनुहुन्छ, म एकैछिनमा पुगेर आइहाल्छु भनेर गएकी हो, सबै साथीहरू आए ऊ आइन ।’

नातिनीलाई रोक्न घरबाट ५ मिनेट जति लाग्ने स्वास्थ्यचौकीसम्म आफूले पछ्याएको स्मरण गर्दै उनले भनिन्, ‘उसले नमानेपछि त्यहाँबाट फर्किएँ । १५ मिनेटजति टाढा पर्ने सिमथला डाँडासम्म सम्झना गएको घरबाट देखेकी थिएँ ।’ डाँडा कट्नेबितिकै कसैले नियन्त्रणमा लिएको र केही तल रहेको सिममाडौं मन्दिरभित्र लगेर उनको बलात्कारपछि हत्या गरिएको परिवारको दाबी छ । उनले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोंचमा फालिएको अवस्थामा भेटिएको उनका काका ईश्वर कामीले बताए । घटनास्थल पुगेका स्थानीयका अनुसार मन्दिरभित्र हत्यारासँग सम्झनाको निकै घम्साघम्सी परेको जस्तो देखिने र छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको अवस्थामा रहेको छ ।

न्यून आर्थिक अवस्था भएका सम्झनाका बाजे गोरख बुढेसकालमा पनि आरनको काम गर्छन् । आरनमा कृषिऔजार बनाउने र मर्मत गरेबापत पाइने अन्न ९खलो० को सहाराले कामी परिवारको गुजारा चलिरहेको छ । आफूहरूको आर्थिक अवस्था र पहुँच कमजोर भएका कारण अपराधी उम्किने हो कि भन्ने गोरखलाई चिन्ता छ । ‘हामी त आरनको काम गरी खाने मान्छे, हाम्रो लागि बोलिदिने न मान्छे छन्, न पैसा । कतै पैसा पेलेर अपराधी उम्काउने हुन् कि भन्ने चिन्ता छ । तपाईंहरू सबैले बोलिदिनुपर्‍यो,’ उनले भने ।

प्रहरीले पनि सम्झनाको बलात्कारपछि हत्या भएको आशंका गरेको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले यस विषयमा ठोकुवा गरेर भन्न नसकिने बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले बताए । ‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने देखिन्छ,’ घटनास्थल पुगेका उनले भने, ‘अपराधमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ उनले पक्राउ परेका व्यक्ति नै अपराधमा संलग्न रहेको खुल्ने केही बलिया प्रमाण फेला परेको खुलाए । यद्यपि अभियुक्तले अपराध स्वीकार नगरेको र थप प्रमाणहरू संकलन गर्न प्रहरी टोली घटनास्थलमै रहेको उनले बताए । ‘गम्भीर अनुसन्धान भइरहेको छ, छिट्टै अपराधी पत्ता लाग्नेछ,’ उनले भने । कान्तिपुर दैनिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.