भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बजाज र टिभिएस सवारीसाधनको नेपालमै उत्पादन सुरु


  • आश्विन १०, २०७७
  • 450 Views
बजाज र टिभिएस सवारीसाधनको नेपालमै उत्पादन सुरु image

व्यावसायिक घराना शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले टिभिएस ब्रान्डका मोटरसाइकल, स्कुटर र तीनपांग्रे टेम्पो नेपालमा उत्पादन गर्न सुरु गरेको छ । अग्रणी औद्योगिक घराना गोल्छा ग्रुपअन्तर्गतको हुलास अटोक्राफ्टले नेपालमा बजाजका बाइक एसेम्बल गर्न थालेको दुई वर्ष भइसकेको छ । होन्डा र यामाहा ब्रान्डका दुईपांग्रे सवारीसाधनसमेत केही समयपछि नै मुलुकभित्रै उत्पादन सुरु हुनेछन् ।

नेपाल बिस्तारै सवारीसाधन आयातकर्ता मुलुकबाट उत्पादक बन्नेतर्फ अघि बढेको छ । दुई चर्चित मोटरसाइकल ब्रान्डहरू बजाज र टिभिएसले नेपालमै मोटरसाइकल तथा स्कुटर उत्पादन सुरु गरेसँगै अटोमोबाइल उत्पादनमा नेपालको यात्राले गति लिएको हो । व्यावसायिक घराना शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले टिभिएस ब्रान्डका मोटरसाइकल, स्कुटर र तीनपांग्रे टेम्पो नेपालमा उत्पादन गर्न सुरु गरेको छ ।

अग्रणी औद्योगिक घराना गोल्छा ग्रुपअन्तर्गतको हुलास अटोक्राफ्टले नेपालमा बजाजका बाइक एसेम्बल गर्न थालेको दुई वर्ष भइसकेको छ । होन्डा र यामाहा ब्रान्डका दुईपांग्रे सवारीसाधनसमेत केही समयपछि नै मुलुकभित्रै उत्पादन सुरु हुनेछन् । शंकर र गोल्छा ग्रुप मात्रै होइन, पछिल्ला पाँच आर्थिक वर्षमा नेपालमा सवारीसाधन एसेम्बल गर्ने उद्देश्यसहित २५ वटा उद्योग दर्ता भएका छन् ।

ती उद्योगले कुल १८ अर्ब ६ करोड ८९ लाख रुपैयाँ लगानीका लागि स्वीकृति लिएको लगानी बोर्ड तथा उद्योग विभागको तथ्यांक छ । मोटरसाइकल, स्कुटर, कार, भ्यान, ट्रक, ट्र्याक्टरलगायत विभिन्न प्रकारका विद्युतीय तथा पेट्रोल–डिजेल सवारीसाधन एसेम्बलका लागि ती कम्पनीले अनुमति लिएका हुन् । दशकौँदेखि अटोमोबाइल आयातको व्यवसाय गरिरहेका औद्योगिक घरानाहरू अब उत्पादनमै आकर्षित हुन थालेका छन् ।नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.