भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

महाशिवरात्री तथा नेपाली सेना दिवस विविध कार्यक्रम गरि सम्पन्न

महाशिवरात्री तथा नेपाली सेना दिवस विविध कार्यक्रम गरि सम्पन्न

काठमाडौं । महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औँ वार्षिकोत्सवको अवसरमा सेना दिवस विविध कार्यक्रमहरू गरि महाशिवरात्री तथा सेना दिवस मनाइएको छ ।

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पाहार चढाइ सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै सैनिक मञ्च टुँडिखेलमा उक्त दिवस मनाइएको हो । राष्ट्रपति पौडेलले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही–२०८० विमोचन गर्नुका साथै फ्रि–फल जम्पमा प्रथम र द्वितीय हुने अमल्दार टंक बहादुर डाँगी र सेनानी जगन्नाथ दनैलाई पुरस्कार प्रदान  गर्नुभयो ।

कार्यक्रममा सांगीतिक प्रस्तुती दिने भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान समेत राष्ट्रपति पौडेलले गर्नुभयो । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, मन्त्रीगण, पूर्व प्रधानमन्त्री, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, राजदूतहरू, बहालवाला तथा अवकाश प्राप्त रथी तथा अधिकृतहरू, सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत आम सर्वसाधारणको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत महाशिवरात्री तथा सेना दिवसको ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो । राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक एवं सांगीतिक प्रस्तुती गरिएको थियो ।