भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बाढीको जोखिम बढ्दै: शारदा ब्यारेजमा सवारी रोक, महाकालीमा बहाव १ लाख ९ हजार क्युसेक नाघ्यो

बाढीको जोखिम बढ्दै: शारदा ब्यारेजमा सवारी रोक, महाकालीमा बहाव १ लाख ९ हजार क्युसेक नाघ्यो

मुख्य बुँदा

  • महाकाली नदीमा पानीको बहाव अत्यधिक वृद्धि

  • शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोक

  • १ लाख क्युसेक नाघेपछि स्वतः रोकको मापदण्ड

  • नेपाल–भारत सीमा क्षेत्रको आवत–जावत प्रभावित

  • प्रहरी र प्रशासनद्वारा उच्च सतर्कता

कञ्चनपुर, १९  साउन। महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि कञ्चनपुरस्थित शारदा ब्यारेजमार्ग हुँदै चारपाङ्ग्रे सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, लगातारको वर्षापछि आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहाव एक लाख नौ हजार ९८० क्युसेक नाघेपछि उक्त निर्णय गरिएको हो।

उहाँले भन्नुभयो, “महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि आवागमनमा तत्काल रोक लगाउने प्रक्रिया हुन्छ। अहिले पनि वर्षा जारी रहेकाले नदीको बहाव थप बढ्न सक्ने सम्भावना छ।”

सवारी आवागमन बन्द हुँदा सुदूरपश्चिम र भारतबीचको आवत–जावत प्रभावित भएको छ। सुरक्षा निकायहरूले सर्वसाधारणलाई सचेत रहन तथा नदी किनार क्षेत्रमा नजान आग्रह गरेका छन्।

ब्यारेज क्षेत्रको अवस्थाबारे स्थानीय प्रशासनले निगरानी बढाएको र आवश्यक परेको खण्डमा थप सावधानी अपनाउने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.