भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

चलचित्रमा योगदान पुर्‍याएका महिला चलचित्रकर्मी सम्मानित

चलचित्रमा योगदान पुर्‍याएका महिला चलचित्रकर्मी सम्मानित

काठमाडौं । नेपाली चलचित्रमा योगदान पुर्‍याएका महिला चलचित्रकर्मीलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा सम्मान गरिएको हो ।

सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल रहेका छन् । उनीहरुलाई जनही रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागतरूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गरिन् । अब बन्ने कानुनले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्ने मन्त्री शर्माको भनाइ छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी,

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदी, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी, राजु केसी, केएल बुढाथोकी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य,

प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्य देवी, करिष्मा मानन्धर, चलचित्र निर्देशक रक्षासिंह राणा, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुस्कर लामालगायत सहभागी थिए ।

 


Thali Mobile Pvt.Ltd.