भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

याक मिसा भुज्याः महिलाले मात्रै तान्ने रातो मच्छिन्द्रनाथ

याक मिसा भुज्याः महिलाले मात्रै तान्ने रातो मच्छिन्द्रनाथ

ललितपुर । महिलाले मात्रै तान्ने रातो मच्छिन्द्रनाथको जात्रा आज बिहान सुरु भएको छ । रथयात्राको एक दिन महिलालाई मात्र रथ तान्न दिने परम्परा छ । सोही अनुसार नरिवल खसाल्ने जात्राको भोलिपल्ट आज बिहानै ललितपुरको थटीटोलमा एकल महिला जात्रा अन्तर्गत विधिवत् रुपमा महिलाहरुले रथ तानेका हुन् ।

रातो मच्छिन्द्रनाथसँगै मिननाथको रथलाई पनि महिलाहरुले लगनखेलबाट थटीटोल चौबाटोसम्म तानेर पुर्‍याएका हुन् । बैशाख २९ गते पूल्चोकबाट सुरु भएको रथयात्रा गाः बहाल सुन्धारा हुँदै लगनखेल पुर्‍याएपछि करिब १ सय मिटर तानेर थटीटोलसम्म महिलाहरुले रथ तानेर यो जात्रा मनाउने गरिन्छ ।

जात्रामा सबैको सहभागिता होस् र महिला र पुरुषमा कुनै पनि भेदभाव हुनुहुँदैन भन्ने मान्यताका साथ महिलाहरुले रथ तान्ने गरेका हुन् । मच्छिन्द्रनाथको रथलाई पाटन परिक्रमा गराउने क्रममा थटिटोलमा पुग्दा रथ हराएको र एक जना महिलासँग रहेको भन्ने थाहा भएपछि उनलाई पुजा गरेर फर्काएको स्मरणमा आजको जात्रालाई (याक मिसा भुज्या) एकजना महिलाको जात्रा भन्ने गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.