ललितपुर । महिलाले मात्रै तान्ने रातो मच्छिन्द्रनाथको जात्रा आज बिहान सुरु भएको छ । रथयात्राको एक दिन महिलालाई मात्र रथ तान्न दिने परम्परा छ । सोही अनुसार नरिवल खसाल्ने जात्राको भोलिपल्ट आज बिहानै ललितपुरको थटीटोलमा एकल महिला जात्रा अन्तर्गत विधिवत् रुपमा महिलाहरुले रथ तानेका हुन् ।
रातो मच्छिन्द्रनाथसँगै मिननाथको रथलाई पनि महिलाहरुले लगनखेलबाट थटीटोल चौबाटोसम्म तानेर पुर्याएका हुन् । बैशाख २९ गते पूल्चोकबाट सुरु भएको रथयात्रा गाः बहाल सुन्धारा हुँदै लगनखेल पुर्याएपछि करिब १ सय मिटर तानेर थटीटोलसम्म महिलाहरुले रथ तानेर यो जात्रा मनाउने गरिन्छ ।
जात्रामा सबैको सहभागिता होस् र महिला र पुरुषमा कुनै पनि भेदभाव हुनुहुँदैन भन्ने मान्यताका साथ महिलाहरुले रथ तान्ने गरेका हुन् । मच्छिन्द्रनाथको रथलाई पाटन परिक्रमा गराउने क्रममा थटिटोलमा पुग्दा रथ हराएको र एक जना महिलासँग रहेको भन्ने थाहा भएपछि उनलाई पुजा गरेर फर्काएको स्मरणमा आजको जात्रालाई (याक मिसा भुज्या) एकजना महिलाको जात्रा भन्ने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रुपमा...
काठमाडौँ, १ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले मनसुनजन्य सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन देशव्यापी पूर्वतयारी सुरु गरेको छ। विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै...
काठमाडौं, १ जेठ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहीबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ। यो बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट र नीतिगत प्राथमिकतामाथि छलफल...
भक्तपुर, ३१ वैशाख। भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारका चन्द्रहरि कायस्थ विगत २५ वर्षदेखि आत्मसाक्षात्कार र आध्यात्मिक जागरणको अभियानमा समर्पित छन्। ‘श्रीहरि’ नामबाट चिनिने कायस्थले ‘श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेशन’ स्थापना गरी...