भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

जनदवावपछि रुसी विपक्षी नेता नाभाल्नीको शव परिवारलाई फिर्ता

जनदवावपछि रुसी विपक्षी नेता नाभाल्नीको शव परिवारलाई फिर्ता

काठमाडौं । रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको परिवारलाई फिर्ता गरिएको छ । नाभाल्नीकी आमा किरा यार्मिसलाई रुसी प्रशासनले मृत्यु भएको एक हप्तापछि शव फिर्ता गरेको नाभाल्नीका प्रवक्ताले बताएका छन् ।

शव फिर्ता पाउनका लागि नाभाल्नीको परिवारले रुसी प्रशासनसँग ठूलो संघर्ष गर्नुपरेको छ । नाभाल्नीकी आमाले उनका छोराको मृत्युपछिको अवशेष प्राप्त गरेको बताउँदै अन्त्येष्टि हुन बाँकी रहेको बताएकी छन् ।
नाभाल्नीको गोप्य अन्त्येष्टिका लागि आमालाई रुसी प्रशासनले व्यापक दवाव दिएको थियो ।

तर उनी त्यसका लागि सहमत भइनन् । रुसी प्रशासनले नाभाल्नी मृत्युको घोषणा गरेपछि आमाले शव राखेको ठाउँ पहिचान गर्न र शव प्राप्तिका लागि झण्डै एक साता साइबेरियाको आर्टिक जेल नजिकैको शहरमा बिताएकी थिइन् ।

नाभाल्नीकी आमालाई प्रशासनले प्राकृतिक रुपमा मृत्यु भएको भन्ने मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको थियो । साथै तीन घन्टाभित्र गोप्य अन्त्येष्टिका लागि सहमत हुन समय दिंदै नमानेमा जेलभित्रै गाड्ने चेतावनी दिएको थियो । नाभाल्नीको अन्तिम संस्कारको योजना अझै निर्धारण भइनसकेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.