मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित स् चुम उपत्यकाको पदयात्रा स्थगित

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित स् चुम उपत्यकाको पदयात्रा स्थगित

मुख्य बुँदा

बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित मनास्लु क्षेत्रका सबै पर्यटक सुरक्षित ।

चुम उपत्यकामा पुगेका ८७ जना पर्यटक समस्यामा परे पनि सुरक्षित रहेको पुष्टि ।

प्रवेशविन्दुमा रहेका ९८ पर्यटक र ७३ जना गाइड तथा भरिया पनि सुरक्षित ।

लोक्पा सार्दीभिरको क्यान्टिलिभर पुल बगाउँदा चुम उपत्यकाको पदमार्ग अवरुद्ध ।

चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित, क्षतिग्रस्त बाटो पुनर्निर्माणको तयारी ।

काठमाण्डौ, २७ असोज । अस्ति आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप०ले जनाएको छ ।

चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण मनास्लुको चुमउपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए ।

ती सबै पर्यटक सुरक्षित रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार मनास्लु क्षेत्रको प्रवेशविन्दुमा अलपत्र परेका ९८ पर्यटक र ७३ जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन् । आयोजनाका अनुसार बाढीले मनास्लु पदमार्गमा भने क्षति पुर्‍याएको छ । एमक्यापले अहिले चुमउपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ ।

चुमनुब्री गाउँपालिका–६ लोक्पा सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुमउपत्यकाको पदमार्ग अवरुद्ध बनेको हो ।धार्चे गाउँपालिकाको माछाखोलाबाट चुमनुब्रीको जगतसम्मको बाटोका धेरैजसो ठाउँमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापका सूचना अधिकारी ओझाले बताउनुभयो । ओझाका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित छ ।

तर, माछाखोलाबाट जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ । आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.