भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चाडपर्वमा सामानमा अधिकतम् खुद्रा मूल्य राख्न वाणिज्य विभागको कडाइ

चाडपर्वमा सामानमा अधिकतम् खुद्रा मूल्य राख्न वाणिज्य विभागको कडाइ

मुख्य बुँदा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै व्यवसायीलाई वस्तुमा अधिकतम् खुद्रा मूल्य (MRP) अनिवार्य रूपमा राख्न आग्रह।

तिहार नजिकिँदै गर्दा भाइ मसला, तामा–चाँदीका भाँडा र झिलिमिली सामग्रीमा मूल्य लेबल नदेखिएको अनुगमनमा पत्ता।

विभागले बजारमा मूल्य स्थिरता र आपूर्ति सन्तुलन कायम राख्ने प्रतिबद्धता जनाएको।

उपभोक्तालाई लेबलसहितको वस्तु मात्र खरिद गर्न र गुनासो भए ११३७ नम्बरमा सम्पर्क गर्न आग्रह।

व्यापारिक संघ–संगठन, व्यवसायी र उपभोक्ताको सहकार्यले बजार नियन्त्रण सहज हुने विभागको भनाइ।

काठमाडौँ, २७ असाेज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य (MRP) राख्न सबै व्यवसायी र सम्वद्ध निकायलाई आग्रह गरेको छ।

नियमित बजार अनुगमनका क्रममा विभागले विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाइ मसला, तामा–चाँदीका भाँडा, झिलिमिलीका लागि प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य वस्तुमा मूल्यसहितको लेबल नराखिएको पाएको जनाएको छ।

विभागका अनुसार बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्न निरन्तर प्रयास भइरहेको छ। यसका लागि व्यापारिक संघ–संगठन, व्यवसायी, उपभोक्तावादी समूह र उपभोक्ताको सक्रिय सहकार्य आवश्यक रहेको बताइएको छ।

विभागले उपभोक्तालाई लेबलसहितको वस्तु मात्र खरिद गर्न र मूल्य सूची अनिवार्य रूपमा हेर्न आग्रह गरेको छ। कुनै पनि गुनासो वा मूल्य सम्बन्धी समस्या भए उपभोक्ताले टोल–फ्री नम्बर ११३७ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.