भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

सकियो मच्छिन्द्रनाथको जात्रा

सकियो मच्छिन्द्रनाथको जात्रा

काठमाडौं । मच्छिन्द्रनाथको रथजात्रा सकिएको भन्दै जोडी भँगेरा उडाएको छ । पाटनको सप्तपातल पोखरीमा जोडी माछा पनि छाडिएको छ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी इन्द्र महाराजलाई दिनुपर्ने मान्यता रहिआएको पाटनका स्थानीयले बताए ।

जोडी भँगेरा उडाउनु र जोडी माछा पोखरीमा छाड्नु अगाडि जात्रा समापनको प्रक्रिया पूरा गर्न बिहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जोडी भँगेरालाई कथा सुनाइएको थियो । गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा साउन २० गते आइतबार भोटो देखाएपछि सम्पन्न भएको थियो ।

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्गमती पुर्‍याउनुपर्ने परम्पराअनुसार उक्त कार्य सम्पन्न भएको थियो । यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

 


Thali Mobile Pvt.Ltd.