भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सञ्चारमाध्यमले नाफाभन्दा आस्थाको पत्रकारितामा केन्द्रित हुनु आवश्यक: सचिव सुवाल

सञ्चारमाध्यमले नाफाभन्दा आस्थाको पत्रकारितामा केन्द्रित हुनु आवश्यक: सचिव सुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सञ्चारमाध्यमले नाफामुखी सोचभन्दा माथि उठेर आस्थाको पत्रकारितामा जोड दिनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उहाँले पत्रकारिता राज्यको चौथो महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्नुभयो ।

उहाँले प्रभावकारी टेलिभिजन सञ्चालनका लागि अनुभवी जनशक्ति र विषयगत ज्ञान अपरिहार्य हुने बताउनुभयो ।सचिव सुवालले सञ्चारमाध्यमहरूले जनताको समस्या उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । केही सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय नेताहरूका विषयमा भ्रमजन्य र तथ्यहीन समाचार प्रचार गरिरहेको भन्दै त्यस्ता समाचारको खण्डन आवश्यक रहेको उहाँको भनाइ थियो ।

त्यसैगरी उहाँले २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाउने सरकारी निर्णय गलत भएको बताउँदै पुराना सवारी साधन मर्मत गरी पुनः प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । नगरपालिकाले सवारी मर्मतसम्बन्धी तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले आफ्ना गतिविधिहरू सञ्चारमाध्यममार्फत जनसमक्ष पुर्‍याउँदै आएको बताउनुभयो । समाज परिवर्तनमा सञ्चारमाध्यमले सशक्त भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै उहाँले नगरपालिकाको स्वामित्वमा टेलिभिजन सञ्चालन गर्ने तयारीअनुसार क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

ख्वप टीभी दर्ता तथा सञ्चालनका क्रममा विभिन्न चुनौती पार गर्दै परीक्षण प्रसारण सुरु भइसकेको उहाँले बताउनुभयो । पत्रकारहरूले ऐन कानुनको ज्ञान लिनुका साथै अन्तर्राष्ट्रिय पत्रकारहरूको जीवनी अध्ययन गरी प्रेरणा लिनुपर्ने उहाँको सुझाव थियो ।

तालिमका प्रशिक्षक कृष्णकाजी मानन्धरले सिकाइ प्रक्रिया जीवनभर चलिरहने उल्लेख गर्दै १५ दिने तालिममा अनुभव आदानप्रदानको अवसर मिलेको बताउनुभयो । भक्तपुर नगरपालिका देशकै पहिलो स्थानीय तहका रूपमा टेलिभिजन सञ्चालन गर्ने तयारीमा रहेको उल्लेख गर्दै सूचना प्रविधिको सही प्रयोगले नगरको पहिचान अझ बलियो बनाउने उहाँले बताउनुभयो ।

कार्यक्रममा ख्वप टीभीका व्यवस्थापक रवीन्द्रप्रसाद कुसी, प्रशिक्षार्थी रमिता बासुकला र शम्भुचरण राजभण्डारीले पनि आफ्ना अनुभव व्यक्त गर्नुभएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.