भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अष्ट्रेलियाको सिड्नीमा सामूहिक गोलीकाण्ड, १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु, ४० घाइते

अष्ट्रेलियाको सिड्नीमा सामूहिक गोलीकाण्ड, १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु, ४० घाइते

काठमाडौं, २९ मंसिर । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच नजिक भएको सामूहिक गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा करिब ४० जना घाइते भएका छन् र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यस घटनालाई अष्ट्रेलियामा पछिल्ला करिब तीन दशकयताकै सबैभन्दा गम्भीर सामूहिक गोलीकाण्डका रूपमा हेरिएको छ । स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेर ४७ मिनेटमा बोन्डी बीच नजिकैको एक पार्कमा अचानक गोली चलेको थियो । 

प्रहरीका अनुसार मृतकमध्ये एक जना बन्दुकधारी पनि रहेका छन् भने अर्को संदिग्ध आक्रमणकारी गम्भीर घाइते अवस्थामा उपचाररत छन् । गोलीकाण्डमा दुई जना प्रहरी अधिकारीसहित दर्जनौँ सर्वसाधारण घाइते भएको जनाइएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ न्यु साउथ वेल्स प्रहरीले तत्काल व्यापक सुरक्षा अपरेसन सुरु गरेको थियो ।
प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत बोन्डी बीच आसपास ठूलो स्तरको अपरेसन जारी रहेको जानकारी दिँदै सर्वसाधारणलाई घटनास्थल नजिक नजान आग्रह गरेको छ ।

सार्वजनिक भएका भिडियोहरूमा पुलमाथिबाट दुई जना व्यक्तिले पार्कतर्फ अन्धाधुन्ध गोली प्रहार गरेको देखिन्छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार प्रहरीले ‘एक्टिभ सुटर’को सूचनाका आधारमा अनुसन्धान र कारबाही अघि बढाइरहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गोली चलेपछि सयौँ मानिस समुद्री तट क्षेत्रबाट भाग्दै गरेको दृश्य देखिएको थियो । यसैबीच घाइतेको उपचारका क्रममा सिड्नीका अस्पतालमा रगतको अभाव देखिएको छ ।
लाइफ ब्लड अष्ट्रेलियाले ‘ओ’ नेगेटिभ समूहको रगत आपतकालीन रूपमा आवश्यक भएको जनाउँदै नागरिकलाई रक्तदान गर्न आग्रह गरेको छ ।

घटनाको अनुसन्धान जारी रहेको र मृतक तथा घाइतेको विवरण क्रमशः अद्यावधिक हुने प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.