भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

भक्तपुरका दुई सांसदलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ज्ञापनपत्र

भक्तपुरका दुई सांसदलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ज्ञापनपत्र

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अध्यादेश संशोधन गर्न माग गरेको छ । संघले भक्तपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य प्रेम सुवाल र दुर्लभ थापालाई आइतबार ज्ञापन पत्र दिदै संघले अध्यादेश संशोधनको माग गरेको हो ।

सहकारी अध्यादेशले समुदायमा आधारित संस्थालाई संकुचनमा ल्याउन खोजेको संघले ठहर गरेको छ । बचतको सीमा हटाउन, संचालक दुई कार्यकालको प्रावधानले अनुभवी नेतृत्व विहीन बनाउने भएकोले एउटै पदमा दुई कार्यकाल हुनुपर्ने र खुला सदस्यता प्राप्त गर्न पाउनु पर्ने संघले माग राखेको छ ।

संघले उक्त विषय सहीत अध्यादेश संशोधनका लागि सहयोग गरिदिन भक्तपुर जिल्लाका सासंदहरु प्रेम सुवाल र दुर्लभ थापालाई ज्ञापनपत्र बुझाएका हुन ।

संघले राखेको मागमा बचत दुरुपयोग गर्ने संचालकहरुको घर–घरानाबाट असुल उपर गरी बचत फिर्ता गर्नुपर्ने माग समेत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.