भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

दुई किशोरीको मृत्यु प्रकरणमा अछाम प्रहरीले दुईजनालाई नियन्त्रणमा लियो

दुई किशोरीको मृत्यु प्रकरणमा अछाम प्रहरीले दुईजनालाई नियन्त्रणमा लियो

काठमाडौं । अछाम प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । दुई किशोरीको मृत्यु प्रकरणमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ मृत अवस्थामा फेला परेको थियो।

प्रहरीले अछामको ढकारी गाउँपालिकाबाट आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । शंकास्पद दुईजनालाई परिवारका सदस्यले दिएको जानकारीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृतकका परिवार र आफन्तले घटना शंकास्पद रहेकाले अनुसन्धान हुनुपर्ने माग गरेका छन्। प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनदेखि सम्पर्कविहीन थिए । उनीहरूको शव क्षतविक्षत अवस्थामा अलग–अलग ठाउँमा फेला परेका थिए। मृतक सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्।

 


Thali Mobile Pvt.Ltd.