भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

मदन भण्डारीको सम्झनामा भक्तपुरको नंखेलमा वृक्षारोपण कार्यक्रम

मदन भण्डारीको सम्झनामा भक्तपुरको नंखेलमा वृक्षारोपण कार्यक्रम

भक्तपुर । नेकपा एमालले जन नेता मदन भण्डारीको जन्म दिनमा सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलमा वृक्षारोपण गरेको छ । शुक्रबार एमालेका नेता स्वर्गीय मदन भण्डारीको ७३ औं जन्मजयन्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले वृक्षारोपण गर्दै कार्यक्रमको सुरुवात गरेका हुन ।

महासचिव पोखरेलले मदन जयन्तीलाई दुई वटा अभियानका साथ अगाडी बढाउने बताउँदै वृक्षारोपणको माध्यमबाट समृद्धिको यात्रामा जोडिने बताए । उनले एमालेको सरकार रहेको बेलामा यस दिनलाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा घोषणा गरिएता पनि सरकारी रुपमा यसलाई अगाडी बढाउन नसकिएको उनले गुनासो थियो ।

महासचिव पोखरेलले पार्टीको हिसाबबाटै यस कार्यक्रमलाई अगाडी बढाउँदै उपत्यकाका दर्जनभन्दा बढी ठाउँमा वृक्षारोपण गरिएको जानकारी दिए । कार्यक्रममा मदन भण्डारीको जन्मजयन्तीलाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने प्रचलन एमालेले सुरुवात गरेको एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले बताए ।

सुर्यविनायक जगंल प्राणी उद्यान बनाउने योजना बनाइएको तर गठबन्धन सरकार आ्एपछि उक्त योजना सफल नभएको बस्नेतले बताए । ‘हामीले भक्तपुरको विकास सँगसँगै भक्तपुरका सुन्दरता, उज्यालो भक्तपुर जस्ता अभियान पनि सुरु गरेका छौ ।

त्यसको फलस्वरुप उपत्यकाभरि सडक बत्ति राख्ने अभियान सुरु भयो । जुन निकै प्रभावकारी भएको छ ।’ उनले भने, ‘पछिल्लो गठबन्धन आएपछि यस्ता कार्यक्रमहरु पछाडी पारिएको छन् । आज यस जन्मजयन्तीबाट सरकारलाई यस्ता कार्यक्रमहरु अगाडी बढाउन दबाब पनि दिन आवश्यक छ । ’ उनले भने

नेकपा एमाले, केन्द्रीय वन तथा वातावरण विभाग, भक्तपुर जिल्ला कमिटी, बागमती प्रदेश वन तथा वातावरण विभाग र नेकपा एमाले सूर्यविनायक वडा नं ९ कमिटीको संयुक्त योजनामा उक्त कार्यक्रम भएको हो ।

 


Thali Mobile Pvt.Ltd.