भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माल्दिभ्समा हज गरी फर्किएका एकजनामा मेनिन्गोकोकल रोग देखियो,नेपालमा पनि सतर्कता

माल्दिभ्समा हज गरी फर्किएका एकजनामा मेनिन्गोकोकल रोग देखियो,नेपालमा पनि सतर्कता

काठमाडौं । साउदी अरबबाट हज गरी फर्किएका माल्दिभ्सका एक नागरिकमा मेनिन्गोकोकल रोग देखिएको छ । माल्दिभ्सका नागरिकमा मेनिन्गोकोकल रोग देखिएपछि नेपालमा पनि सतर्कता अपनाइएको छ।

हज गरी फर्केका आफ्ना नागरिकमा मेनिन्गोकोकल रोग देखा परेको भन्दै माल्दिभ्स सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत जानकारी दिएपछि नेपालमा आकस्मिक बैठक राखेको छ। माल्दिभ्सले मेनिन्गोकोकल रोगको पहिलो विरामी फेला परेको पुष्टि गरेको छ। हेल्थ प्रोटेक्शन एजेन्सीले मंगलबार माल्दिभ्समा रोग पत्ता लागेको पुष्टि गरेको जनाइएको छ। माल्दिभ्सले मेनिन्गोकोकल रोगका एकजना विरामी पत्ता लागेको घोषणा गरे पनि अन्य विवरण खुलासा नगरेको जनाइएको छ।

नेपालमा पनि हरेक वर्ष गृह मन्त्रालयको समन्वयमा इस्लाम धर्मावलम्बी हज गर्न जान्छन्। यो वर्ष पनि नेपालबाट ८ सय इस्लाम धर्मावलम्बी हज गरी फर्किएका छन्।

मेनिन्गोकोकल ब्याक्टेरियल संक्रमण हो। जसले मेनिन्गोकोकलले मस्तिष्क र मेरुदण्डको वरपरका तन्तुहरूमा गम्भीर असर गर्छ । यसले फोक्सो संक्रमणको गम्भीर स्वास्थ्य जटिलता पनि निम्त्याउँछ।

 

 


Thali Mobile Pvt.Ltd.