भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गर्मीका कारण पाकिस्तानमा पाँच सयभन्दा धेरैको मृत्यु

गर्मीका कारण पाकिस्तानमा पाँच सयभन्दा धेरैको मृत्यु

काठमाडौं । बढ्दो गर्मीका कारण पछिल्लो ६ दिनमा पाकिस्तानमा पाँच सयभन्दा धेरैको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी क्षेत्रका नागरिक प्रभावित भएका छन् ।

स्थानीय ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० जनाको शव ल्याउने गरेको छ । पछिल्लो ६ दिनमा उनीहरूले झन्डै पाँच सय ६८ शव सङ्कलन गरेका बीबीसीले जनाएको छ ।

अस्ति मंगलवार एकैदिन एक सय ४१ जनाको शव ल्याइएको थियो । गर्मी बढेसँगै ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको हो । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कराँचीमा अत्यधीक गर्मीसँगै बिजुली कटौतीको समस्या रहेको छ । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.