भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पुरुष तथा महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप भक्तपुरमा हुने

पुरुष तथा महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप भक्तपुरमा हुने

भक्तपुर । नेपालमा राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप हुने भएको छ । नेपाल भारोत्तोलन सङ्घको आयोजनामा २६औँ, पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप हुने भएको हो ।
पुस २४ देखि २६ गतेसम्म भक्तपुरमा हुने अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ, एसियन भारोत्तोलन महासङ्घ र नेपाल भारोत्तोलन सङ्घको नियम अनुसार सञ्चालन हुने प्रतियोगितामा विभागीय टोली र देशभरका गरी दुई सय ५० खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगिताले देशभरका खेलाडीको प्रदर्शनमा थप सुधार हुने अपेक्षा गरेको सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) को भनाई रहेको छ । मध्यपुर ठिमीमा हुने प्रतियोगितामा महिलातर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कुल २७० तथा पुरुषतर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्यसहित २७० गरी कुल ५४० पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ८६ लाख रुपियाँ लगानी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभिन्न चार तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथि, यूथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ केजी माथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी माथि र यूथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.