भर्खरै : Sorry, your browser does not support inline SVG.
युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर |

विषम परिस्थिति हुँदा बालकुमारीमा बल प्रयोग भएको होः आईजीपी कुँवर

विषम परिस्थिति हुँदा बालकुमारीमा बल प्रयोग भएको होः आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बालकुमारीमा विषम परिस्थिति भएका कारण बल प्रयोग भएको बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदै आइजीपी कुँवरले बालकुमारीमा प्रहरीले बल प्रयोग नगरेको अवस्थामा थप गम्भीर घटना निम्तन सक्ने अवस्था आएको बताएका हुन ।

बैठकमा उनले भने,‘ विषम परिस्थितमा बल प्रयोग भएको हो । प्रहरीले अलिकति धैर्यता गुमाएको अवस्था हो । फिल्डमा खटिएका प्रहरीले घटनास्थलको आङ्कलन गरेर अगाडी बढ्छ । मन्त्रीको गाडी जलाउन लाग्यो भनेपछि अलिकति प्रहरीको आवेश देखिन्छ ।’

जवाफ दिए अनुसार घटना भएको दिन ११ः५४ मा नेपाली सेनाको पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको बताए। उनले भने,‘ युवाहरू अराजक रूपमा प्रदर्शनमा थिए । मन्त्रीको गाडीको टायर खोले । १२ः२० मा मन्त्रीको गाडी आगो लगाइदिए ।

कति बेर गोली चल्यो भन्ने कुरा छानबिनबाट आउँला ।’उनले भने । उनले घटनास्थलको अवस्थाको बारेमा मन्त्रीको पीएसओले समेत समन्वय नगरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.