भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सतर्कता अपनाउन मौसमविद् तथा डाक्टरहरुको आग्रह

सतर्कता अपनाउन मौसमविद् तथा डाक्टरहरुको आग्रह

काठमाण्डौ । देशका केही ठाउँमा प्रदूषण बढ्न थालेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा प्रदूषण बढ्न थालेको हो । वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै मौसमविद् तथा डाक्टरहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नेपालमा उद्योग कलकारखाना र गाडीबाट निस्कने धूवाँ, वन डढेलो, खुला रूपमा गरिने फोहोर तथा कृषिजन्य अवशेष जलाउने चलन, घरवाट निस्कने धूवाँ, सडक र निर्माण कामबाट उड्ने धुलोलगायतका कारण प्रदूषण बढ्ने गर्छ ।

प्रदूषणले फोक्सो, आँखा, छाला, छाती, मुटु लगायत विभिन्न अङ्ग तथा समग्र मानव स्वास्थ्यमा असर गर्ने भएकाले सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको प्रयोग गर्न डाक्टरहरुको सुझाव छ ।

काठमाण्डौ, धनगढी, हैटौँडा, पोखरा, नेपालगञ्ज लगायतका ठाउँमा प्रदूषण धेरै छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने यूएस आईक्यूएअरका अनुसार यी ठाउँको प्रदूषण एक सय भन्दामाथि छ ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकाङ्क कटेमा वायु अस्वस्थ मानिन्छ । मौसमविद्का अनुसार पानी नपरेसम्म वा ठूलो हुरी नचलेसम्म वायू प्रदूषण कम हुँदैन । तर प्रदूषण हटाउने गरी पानी पर्ने सम्भावना कम देखिएको मौसमविदको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.