भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सतर्कता अपनाउन मौसमविद् तथा डाक्टरहरुको आग्रह

सतर्कता अपनाउन मौसमविद् तथा डाक्टरहरुको आग्रह

काठमाण्डौ । देशका केही ठाउँमा प्रदूषण बढ्न थालेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा प्रदूषण बढ्न थालेको हो । वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै मौसमविद् तथा डाक्टरहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नेपालमा उद्योग कलकारखाना र गाडीबाट निस्कने धूवाँ, वन डढेलो, खुला रूपमा गरिने फोहोर तथा कृषिजन्य अवशेष जलाउने चलन, घरवाट निस्कने धूवाँ, सडक र निर्माण कामबाट उड्ने धुलोलगायतका कारण प्रदूषण बढ्ने गर्छ ।

प्रदूषणले फोक्सो, आँखा, छाला, छाती, मुटु लगायत विभिन्न अङ्ग तथा समग्र मानव स्वास्थ्यमा असर गर्ने भएकाले सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको प्रयोग गर्न डाक्टरहरुको सुझाव छ ।

काठमाण्डौ, धनगढी, हैटौँडा, पोखरा, नेपालगञ्ज लगायतका ठाउँमा प्रदूषण धेरै छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने यूएस आईक्यूएअरका अनुसार यी ठाउँको प्रदूषण एक सय भन्दामाथि छ ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकाङ्क कटेमा वायु अस्वस्थ मानिन्छ । मौसमविद्का अनुसार पानी नपरेसम्म वा ठूलो हुरी नचलेसम्म वायू प्रदूषण कम हुँदैन । तर प्रदूषण हटाउने गरी पानी पर्ने सम्भावना कम देखिएको मौसमविदको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.