भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डेल्टा एअरलाइन्सको विमान दुर्घटना, ८० जना यात्रुकै उद्धार

डेल्टा एअरलाइन्सको विमान दुर्घटना, ८० जना यात्रुकै उद्धार

एजेन्सी । क्यानडाको टोरन्टो विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । डेल्टा एअरलाइन्सको फ्लाइट ४८१९ दुर्घटना भएको हो ।

टोरन्टो पियर्सन एअरपोर्टमा अवतरण गर्ने क्रममा विमान पल्टिएपछि घाइतेभएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । दुर्घटनापछि विमानस्थलमा २६ उडान डाइभर्ट गरिएको छ । क्यानडाको यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

मिनेसोटाबाट उडेको विमानमा ८० जना यात्रु सवार थिए । उनीहरु सबैलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ । दुर्घटनामा एक बालकसहित १५ जना घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.