भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

मिटरब्याज र लघुवित्त पीडितको मार्चपास धादिङबाट काठमाडौंतर्फ अघि बढ्याे

मिटरब्याज र लघुवित्त पीडितको मार्चपास धादिङबाट काठमाडौंतर्फ अघि बढ्याे

काठमाडाैं । मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोली धादिङबाट काठमाडौंतर्फ अघि बढेको छ । तराईका २०  र भित्री मधेशका ८ जिल्लाका गरी २८ जिल्लाका पीडितहरू  पैदलै हिँडेर काठमाडौं हिँडेका हुन् ।

लत्ताकपडा र झोला भिरेर सयौं किलोमिटरको राजमार्गमा पैदल यात्रा गरिरहेका मिटरब्याज र लघुवित्तपीडितले आफ्ना मागहरु पूरा नभएसम्म घर नफर्किने जिकिर गरेका छन् । मिटर व्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएपछि न्याय माग्न काठमाडौं आएको सर्लाहीकी ६६ वर्षीय इन्द्रदेवी लोहारले बताए ।

तीन वर्षदेखि सरकारले आश्वासन दिएपनि माग पूरा नगरेको पीडितको गुनासो छ । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले प्रतिवेदन बुझाएपनि सरकारले अझैसम्म सार्वजनिक समेत नगरेकामा पीडितहरू आक्रोशित समत भएका छन् । सरकारले बनाएको कानुन र आयोगले न्याय नदिएका कारण काठमाडौं केन्द्रित आन्दोलन गर्न बाध्य भएको मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले गुनासो गरे ।

२१ दिनदेखि निरन्तर यात्रा गरिरहेका पीडितहरू थकित भइसकेकाले कहिलेसम्म लक्ष्यअनुसार काठमाडौं पुगिन्छ, कुनै टुंगो नभएको संघर्ष समितिका प्रवक्ता नवीनले बताए । पूर्व मेची र पश्चिम महाकालीबाट आएका मिटरब्याज पीडितहरू यात्रा सुरु गरेको २१औं दिन धादिङ प्रवेश गरेर काठमाडौंतर्फ अघि बढेका छन् ।

पिडितहरु सार्वजनिक स्थलमा बास बस्ने, खाना पकाएर खाने गर्दै अघि बढेका छन् । फर्जी तमसुक, दृष्टिबन्धक, चेक अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने पीडितहरूको माग छ ।