भर्खरै : Sorry, your browser does not support inline SVG.

महाबुका मतदाताका रोजाईमा को को छन् उम्मेदवार ?

महाबुका मतदाताका रोजाईमा को को छन् उम्मेदवार ?

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनमा महाबु गाँउपालिका दैलेखको अध्यक्ष पदमा ७ जनाको प्रतिस्पर्धा चलिरहेको छ । निर्वाचन कार्यलय दैलेखले सार्वजनिक गरेको अन्तिम सुचीमा अध्यक्ष पदका उम्मेरदवारमा ७ जना देखिएका छन् । जसमा नेकपा माओवादी केन्द्रका तर्फबाट युद्धमा खारिएका जंग बराल मगर ‘त्रिलोचन’ होमिएका छन् । उनी अहिले जनताको घर दैलोमा गइरहेका छन् ।

मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका उनले मत सर्वेक्षणमा मतदाताको पहिलो रोजाईमा परेको त्रिलोचनले दावी गरिरहेका छन् । २६ बुँदे प्रतिवद्वता पत्रसहित प्रचार प्रसारमा होमिएका छन् । महाबुको विकास र समृद्धिको सपना अहिलेसम्म पुरा नभएको मतदाताले बताएका छन् । यता नेकपा एमालेबाट जंग बहादुर शाही, कांग्रेसबाट झलक बहादुर भण्डारी, रास्वपाबाट प्रकाश कुमार बुढा चुनावमा होमिएका छन् । आफु जित्नेमा ढुक्क भएको ठूला दलका उम्मेदवारको दावी छ । रास्वपाले यसपाली आफुलाई जिताउनु पर्ने बताएको छ । महाबु गाउँपालिकामा नेपाल मजदुर किसान पार्टीले दुर्ग बहादुर मगरलाई उम्मेदवार बनाएको छ ।

शोसित पीडित जनताको साथमा रहेर विकृति विसंगति, भ्र्रष्ट्राचार, अन्याय र अत्याचारका विरुद् संघर्ष गरेर जनतालाई सबल र सक्षम बनाउने उनको सपना छ । महाबु गाउँपालिका जनताको मत किनेर चुनाव जित्ने पछि जनतालाई पशुजस्तै ठान्नेहरुबाट मुक्त हुने र नेमकिपालाई जिताउने मगरको दावी छ । एक पटक महाबुबासीले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।

सामाजिक सेवाका क्षेत्रमा निकै सक्रिय ठानीरहेका उम्मेदवारहरूको परिणाम कस्ताे हुन्छ त्याे भने मंसिर १६ पछि नै थाहा हुने छ । महाबु गाउँपालिका वडा नं १ देखि ६ सम्मकै मतदाताहरु यतिबेला जनताको पक्षमा निष्कलंक भएर काम गर्ने उम्मेदवारलाई जिताउने प्रणमा लागेका छन् ।

४४ रिक्त पदका लागि कहाँ हुँदैछ निर्वाचन ?
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुदैछ । ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका,

हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १,

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष, काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४,

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष, दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६,

दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुदैछ । रीत पूरा भएका २५ दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी,

नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन एकता पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस बिपी, राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल उपनिर्वाचनमा होमिएका छन् ।

१. कीर्तिपुर नगरपालिका, काठमाडौं
चुनाव हुने पद– मेयर
कांगे्रस— कृष्णमान डंगोल
एमाले— डा. सुरेन्द्र मानन्धर
माओवादी— शिवशरण महर्जन
राप्रपा— ई. ध्रुव महर्जन

२.गौरिशंकर गाउँपालिका, दोलखा
चुनाव हुने पद– उपाध्यक्ष
कांग्रेस— पास्वीकी तामाङ
एमाले— उमा लुंगेली शेर्पा
माओवादी— निमलेकी शेर्पा
एकिकृत समाजवादी— रवीना खड्का
रास्वपा— गोमा श्रेष्ठ

३. ग्रामथान गाउँपालिका, मोरङ्ग
चुनाव हुने पद स् अध्यक्ष
कांग्रेस— बलराम सरदार
एमाले— तुल्सीराम विश्वास
माओवादी— नमो नारायण माझी
एकिकृत समाजवादी— दिलबहादुर विक
राप्रपा— दिनेश कुमार थनदार
रास्वपा— नवीन कुमार विश्वास

४. पुथा उत्तर गंगा गाउँपालिका, रुकुम पूर्व
चुनाव हुने पद स् उपाध्यक्ष
कांग्रेस— रिर्चा सुनार
एमाले— केस कुमारी तुलाचन
माओवादी— ज्ञान देवी पुन
एकिकृत समाजवादी— सुनिता बुढा

५. महाबु गाउँपालिका, दैलेख
चुनाव हुने पद स् अध्यक्ष
कांग्रेस— झलकबहादुर भण्डारी
एमाले— जंग बहादुर शाही
माओवादी— जंग बहादुर मगर
नेमकिपा– दुर्ग बहादुर मगर
रास्वपा— प्रकाश कुमार बुढा

६. नलगाड नगरपालिका, जाजरकोट
चुनाव हुने पद स् उपप्रमुख
कांग्रेस— इन्द्रा चन्द सिंह
एमाले— सुनिता बोहोरा
माओवादी— देवका लामिछाने
राप्रपा नेपाल— मनिषा रावल
रास्वाप— पार्वती पुन

७. सर्केगाड गाउँपालिका, हुम्ला
चुनाव हुने पद स् उपाध्यक्ष
कांग्रेस— सविता बुढा
एमाले— जाना शाही

८. स्वामी कार्तिक खापर गाउँपालिका, बाजुरा
चुनाव हुने पद स् उपाध्यक्ष
कांग्रेस— पुलती सरा शाही
एमाले—सुलोचना भण्डारी बुढा
माओवादी— राजु कुमारी वि।क।
एकिकृत समाजवादी— जवा शाही

 


Thali Mobile Pvt.Ltd.