भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

एमाले जागरणसभाः महानगरले तिरायो एक लाख जरिवाना

एमाले जागरणसभाः महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । पार्टीविरुद्धका भ्रम चिर्न शक्ति प्रदर्शन गरेको नेकपा एमालेले जागरण ल्याउने उद्देश्य राखेको थियो । तर सत्तारूढ दलले केको जागरणसभा भनेर कटाक्ष गरेका छन् । शुक्रबार बिहानैदेखि काठमाडौंको सडक अस्तव्यस्त बन्यो । स्टेज बनाउन भन्दै बिहानैदेखि दरबारमार्गको सडक प्रहरीले बन्द गराएको थियो । जसकारण कार्यालय समयमा आसपासको सडकमा चाप बढ्दा एक घण्टासम्म जाम भयो ।

११ बजेपछि भद्रकालीलगायत विभिन्न स्थानबाट निकालिएका ¥यालीका कारण थप जाम भयो । बिहान ११–१२ बजेको समयमा सडकमा अत्यधिक चाप भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी उमाप्रसाद चतुर्वेदीले बताए । दरबारमार्गआसपासका सडकमा सधैँजसो सवारीको चाप धेरै हुनेमा एउटा सडक नै बन्द भएको र अन्यत्र पनि जुलुस भएपछि दिनभरिजस्तो सडक अस्तव्यस्त बन्यो ।

जसकारण सडकमै सभा गर्ने एमालेको कामले सर्वसाधारणलाई थप नकारात्मक बनाइ दियो । सामान्यतया राजीतिक कार्यक्रम गर्न प्रहरीले यसरी सडक बन्द गर्न दिने गरेको छैन । तर, प्रधानमन्त्रीको दलको कार्यक्रम भएकाले यसरी सडक नै बन्द गरेर कार्यक्रम गर्न दिइएको थियो । यसबाट एमाले थप आलोचित बन्न पुगेको छ । काठमाडौं महानगरपालिकाले दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई एक लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ ।

कार्यक्रमपछि पार्टीका झण्डा र पानीका बोतलले दरबारमार्ग प्रदूषित बनेको थियो । सोही आरोपमा महानगरले कारबाही गरेको हो । महानगरले शुक्रबार नै एमालेलाई पत्र लेख्दै एक लाख जरिवना तिर्न भनेको छ । फोहोरको विषयमा महानगरले कारबाही गरेपछि शुक्रबार साँझ एमाले कार्यकर्ता दरबारमार्ग पुगेर सरसफाइमा जुटेका थिए । यसरी जरिबाना गरेपछि अन्य दलहरूलाइ पनि सभा समाराेह गर्दा सफाइलाइ ध्यान पुर्याउन मदत मिलेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.