भर्खरै : Sorry, your browser does not support inline SVG.

खानेपानी माग्न हिडे पूर्वप्रधानमन्त्री खनाल

खानेपानी माग्न हिडे पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । उपत्यका खानेपानी लिमिटेडमा पानी माग्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल पुगेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौंमा पानीको हाहाकार भएको भन्दै समस्या समाधानका लागि ध्यानाकर्षण गराउन प्रर्वप्रधानमन्त्री झलनाथ खनाल काउखालीमा पुगेका हुन ।

महानगरका ३२ वटै वडाको घरका धाराहरुमा नियमित १ घण्टा पानी पठाउने व्यवस्था तत्काल गर्न माग गरिएको छ । पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा पार्टीको महानगर कमिटीले ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा पचासौं अर्ब खर्च गरेको मेलम्ची आयोजना सुरु भएको ३ दशक पुगे पनि नियमित पानी दिन नसकेको भन्दै आलोचना गरिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.