भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

मनसुन कमजोर बन्दै, आधिकारिक सूचनामात्र प्रयोग गर्न विभागको आग्रह

मनसुन कमजोर बन्दै, आधिकारिक सूचनामात्र प्रयोग गर्न विभागको आग्रह

काठमाण्डौ, ३० साउन । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ।

दिउँसो सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान र तराईका एक–दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। राति गण्डकी प्रदेशका पहाडी तथा तराई, साथै वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्मन्धी भ्रामक र अपुष्ट सूचना सार्वजनिक भइरहेका कारण त्यस्ता सूचनामा विश्वास नगरी विभागको आधिकारिक स्रोत मात्र प्रयोग गर्न अनुरोध गरेको छ।

विभागले आफ्ना सूचना आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रकाशित हुने उल्लेख गरेको छ।

 


Thali Mobile Pvt.Ltd.