भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

मेडिकल शिक्षामा सिट सङ्ख्या बढाउने चिकित्सा शिक्षा आयोगको निर्णय

मेडिकल शिक्षामा सिट सङ्ख्या बढाउने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाण्डौ, ३० साउन । चिकित्सा शिक्षा आयोगले स्वदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित मेडिकल शिक्षामा सिट सङ्ख्या बढाउने निर्णय गरेको छ।

आयोगको २१औं बैठक, जसको अध्यक्षता प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए, मा एमबीबीएस, बीडीएस, बीफार्मा, डीएम, एमसीएचलगायत विषयमा सिट वृद्धि गर्ने निर्णय भएको हो।

निर्णय अनुसार, एमबीबीएसमा यसअघि १०० सिट भएका कलेजमा १३० र ५० सिट भएका कलेजमा ६० सिट पुर्याइनेछ। यसरी एमबीबीएसमा कुल ४९५ सिट र बीडीएसमा ४४० सिट थपिएका छन्।

निजी मेडिकल कलेजमा मात्र सिट वृद्धि गरिएको छ भने सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको एमबीबीएस सिट भने बढाइएको छैन।
आयोगका अनुसार मेडिकल कलेजहरूको पूर्वाधार, संकाय र मापदण्डको मूल्यांकन गरेर मात्र सिट वृद्धि गरिएको हो।

यसअघि, वैशाख ३ गते बसेको बैठकले निजी मेडिकल कलेजका एमबीबीएस र बीडीएस सिट सङ्ख्या तथा शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.