भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बाढी पहिरोका कारण एकै दिन १६ जनाको ज्यान गयो, सबैभन्दा धेरै लमजुङमा ५ जनाको मृत्यु, २ जना बेपत्ता

बाढी पहिरोका कारण एकै दिन १६ जनाको ज्यान गयो, सबैभन्दा धेरै लमजुङमा ५ जनाको मृत्यु, २ जना बेपत्ता

काठमाडौँ । बाढी, पहिरो र चट्याङमा परी एकै दिन १६ जनाको मृत्यु भएको छ । मनसुनजन्य घटनामा परी एकै दिन १६ जनाको ज्यान गएको हो । झापा र रोल्पामा दुई र दुई तथा सुनसरीमा १ जनाको चट्याङले मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चट्याङ लागेर कैलालीमा दुई जनाको ज्यान गएको छ। बाढीमा परी मोरङमा १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएसंगै एक जना घाइते भएका छन् । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ५ सेर्ना थुम्कीमा पहिरोमा परी घाइते भएका २ जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको प्राधिकरणले जनाएको छ।

मनसुन भित्रिएपछिको १७ दिनमा विपदजन्य घटनामा ३४ जनाको मृत्यु भइसकेको छ। बुधबार पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। पहिरोमा परेर सबैभन्दा धेरै लमजुङमा ५ जनाको ज्यान गएको छ। यस्तै कास्कीमा २ तथा संखुवासभामा १ जनाको मृत्यु भएको छ। चट्याङबाट ७ जनाको मृत्यु र तीन जना घाइते भएका छन्।

 


Thali Mobile Pvt.Ltd.