भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

मनसुनजन्य घटनामा परी एकै दिन १६ जनाको मृत्यु, २ बेपत्ता

मनसुनजन्य घटनामा परी एकै दिन १६ जनाको मृत्यु, २ बेपत्ता

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरो र चट्याङमा परी एकै दिन १६ जनाको ज्यान गएको छ ।

पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। पहिरोमा परेर सबैभन्दा धेरै लमजुङमा ५ जनाको ज्यान गएको छ। यस्तै कास्कीमा २ तथा संखुवासभामा १ जनाको मृत्यु भएको छ।

चट्याङबाट ७ जनाको मृत्यु र तीन जना घाइते भएका छन्। ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ५ सेर्ना थुम्कीमा पहिरोमा परी घाइते भएका २ जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको प्राधिकरणले जनाएको छ।

बाढीमा परी मोरङमा १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता तथा एक जना घाइते छन्।

झापा र रोल्पामा दुई।दुई तथा सुनसरीमा १ जनाको चट्याङले मृत्यु भएको हो। चट्याङ लागेर कैलालीमा पनि आज बिहान दुई जनाको ज्यान गएको छ।

 

 

 


Thali Mobile Pvt.Ltd.