भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना

दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना

मुख्य बुँदा

सांसद रमेश मल्लले दार्माका भूकम्पपीडित अझै छानोविहीन रहेको बताए।

आवास पुनर्निर्माणको प्रगति शून्य रहेको भन्दै सरकारको आलोचना।

किसानले मल नपाएको, ग्यास अभाव र विद्युत्–सञ्चार सेवा कमजोर भएको गुनासो।

सल्यान अस्पतालमा चिकित्सक अभावले बिरामी मर्कामा परेको दाबी।

स्वदेशी आलुले उचित मूल्य नपाएको भन्दै किसानको संरक्षण गर्न माग।

काठमाडौं, १४ साउन । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्ल ले सल्यानको दार्मा गाउँपालिकाका भूकम्पपीडित अझै स्थायी आवासविहीन रहेको भन्दै सरकारको कडा आलोचना गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले जनजीविकासँग सम्बन्धित विभिन्न समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने माग गरे।

सांसद मल्लले किसानहरूले समयमै रासायनिक मल नपाएको, बजारमा खाना पकाउने ग्यासको आपूर्ति अत्यन्त न्यून रहेको तथा बारम्बार विद्युत् अवरुद्ध हुने र सञ्चार सेवा कमजोर हुँदा नागरिकले दैनिक सास्ती भोग्नुपरेको बताए। उनले यी आधारभूत सेवाहरूलाई नियमित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

स्वास्थ्य सेवाको अवस्था पनि चिन्ताजनक रहेको उल्लेख गर्दै उनले सल्यान अस्पतालमा महिनौँदेखि चिकित्सक नहुँदा बिरामीहरू उपचारबाट वञ्चित हुनुपरेको बताए। आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न सरकारसँग उनले माग गरे।

सांसद मल्लले स्वदेशी कृषकको समस्या पनि उठाउँदै आयातित आलुले बजार ओगट्दा नेपाली किसानले उत्पादनको उचित मूल्य नपाएको बताए। स्वदेशी उत्पादनको संरक्षण, बजार व्यवस्थापन तथा किसानलाई उचित मूल्य सुनिश्चित गर्न प्रभावकारी नीति ल्याउनुपर्नेमा उनले जोड दिए।

भूकम्प प्रभावित क्षेत्रको अवस्था उल्लेख गर्दै उनले जाजरकोट भूकम्पबाट प्रभावित सल्यानको दार्मा गाउँपालिकामा आवास पुनर्निर्माणको काम अझै अघि बढ्न नसकेको बताए। स्थानीय तहले तयार पारेको विस्तृत क्षति प्रतिवेदन (डीडीए) सङ्घीय सरकारले स्वीकृत नगरेको र पटक–पटक आग्रह गर्दा पनि आवश्यक प्राविधिक नपठाएको आरोप उनले लगाए।

सरकारको उदासीनताकै कारण भूकम्पपीडित परिवारहरू अझै अस्थायी बासमा बस्न बाध्य भएको उल्लेख गर्दै सांसद मल्लले पुनर्निर्माण प्रक्रिया शीघ्र अघि बढाई पीडितलाई सुरक्षित आवास उपलब्ध गराउन सरकारसँग माग गरे।

 


Thali Mobile Pvt.Ltd.