भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

मुकुलले गिरफ्तार योजना बनाउँदै

मुकुलले गिरफ्तार योजना बनाउँदै

काठमाडौं । पार्टीबाट कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालमाथि भिक्टिम कार्ड खेलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले आरोप लगाएका छन् । धारणा सार्वजनिक गर्दै झाले मुकुल स्पष्ट रूपमा अरुबाट परिचालित भएको देखिएपछि कारबाही भएको दाबी गरे ।

उनका सारा योजना असफल भएपछि भिक्टिम कार्ड खेलिरहेको बताए । झाले भने, ‘स्पष्ट रूपमा अरूबाट परिचालित देखिनेगरी रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दै हुनुहुन्छ।’

शनिबार सार्वजनिक भएको एक अन्तर्वार्तामा झुठमाथि झुठ बोलेको बताए । अनेकौँ अप्रिय प्रयासहरू गर्ने र दोष पार्टी र नेताहरूलाई लगाउने गरेको झाले बताए ।

 


Thali Mobile Pvt.Ltd.