सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जग्गासम्बन्धी मत भिन्नता र अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्रीको हत्या भएको प्रहरीले जनाएको छ ।
रामचन्द्रको हत्याको आरोपमा उनकै घरमा सहयोगीको रुपमा काम गर्ने कविलासी नगरपालिका–३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका–१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
मलङ्गवा नगरपालिका–४ स्थायी घर भएका ८१ वर्षीय पूर्वराज्यमन्त्री रामचन्द्रको साउन ७ गते राति चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित फार्म हाउसमा हत्या भएको थियो । धान खेती गर्न रतनपुर पुगेका रायको उखु काट्ने धारिलो हतियार फर्साले टाउको विभिन्न भागमा प्रहार गरी सुत्ने कोठमा हत्या गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्यूठान । सरुमारानी गाउँपालिका २ दर्भानमा नवजात शिशुको शव फेला परेको छ । बिहिवार स्थानीय तकमान कुमालको घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला...
काठमाडौं । ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको...
बाँके । बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस...
काठमाडौं । सात करोड ८७ लाख रुपैयाँ ठगी आरोपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले शंखपार्कबाट...