भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आक्रमणमा पाँच जना घाइते

आक्रमणमा पाँच जना घाइते

रौतहटमा । भारतीय सिमानासँगग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिकामा दुइटा मन्दिरमा आगजनी गरेको घटना नसेलाउँदै अर्को घटना भएको छ।

सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा बिहीवार आक्रमण हुँदा एकजनाको टाउको फुटेको छ भने कैयौंलाई चोटपटक लागेको छ। जटहरा गाउँ बाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा दिउँसो २ बजे मोतिपुर गाउँमा मुस्लिम समुदायको मानिसले अचानक ढुंगामुढा प्रहार गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्यलाई चोटपटक लागेको हो ।

सरस्वती माताको मूर्ति लिएर दर्जनौंको संख्यामा गइरहेको हिन्दू समुदायका मानिसमाथि एक्कासि ढुंगामुढा प्रहारसँगै मुस्लिम समुदायका मानिसले खुर्सानीको धूलो आँखामा फालेको प्रत्यक्षदर्शीले स्थानीय बाबुलाल साहले बताए ।
आक्रमणको क्रममा उपस्थित रहेका प्रहरी मुकदर्शक बनेको उनको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.