भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

मुस्ताङको कागबेनीमा विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते

मुस्ताङको कागबेनीमा विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते

काठमाडौं । लिबर्टी कलेजका विद्यार्थी सवार बस दुर्घटना भएको छ । काठमाडौँको अनामनगरस्थित उक्त कलेजबाबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार बस मुस्ताङको कागबेनीमा मंगलवार दुर्घटना भएको हो ।

दुर्घटनामा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । दुर्घटनामा परी सुनसरी हरिनगरका निशान रसाइली, धनुषा धनगढीका सुरजकुमार परियार, बर्दिया मधुवनका सुवास नेपाल, काभ्रे तेमालका सौगात त्रिपाठी, सर्लाही कौडैनाका साहुल साह, काठमाडौंका साइरस तामाङ, भक्तपुर सूर्यविनायकका अनामिका सुवार, धनुषा जनकपुरका दीपककुमार निधि, सर्लाही हरिवनका निरञ्जन साह र डोटी शिखर नगरपालिकाका रोहित बलायर घाइते भएका छन्।

काठमाडौं एयरपोर्टकी अनामिका थापा, कैलाली गोदावरीका ध्रुवराज जोशी, भोजपुर भोजपरनका पेसल बस्नेत, महोत्तरी जलेश्वरकी रम्मा कुमारी, पाँचथर कुम्मायका आदेश लावती घाइते भएका र उनीहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मुक्तिनाथ दर्शन गरी जोमसोमतर्फ फर्कँदै गरेको ३–०१–००६ ख ६२२ नम्बरको बस वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित सेल्फिडाँडामा ब्रेक फेल भई सडकमा पल्टिएको हो ।

घाइते हुनेमा काठमाडौं कीर्तिपुरकी प्रतीक्षा खड्का, भक्तपुर चाँगुनारायणकी विन्दा दहाल, सिरहा लहानका आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमीका अनुज न्यौपाने, सिरहा गोलबजारकी ज्योति साह, गुल्मी रुरुकी समीक्षा ज्ञवाली रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.