भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

दलित समुदायका पक्षमा बनेका ऐन कानुन अझैपनि कार्यान्वयनको पर्खाइमा

दलित समुदायका पक्षमा बनेका ऐन कानुन अझैपनि कार्यान्वयनको पर्खाइमा

काठमाडौं । दलित समुदायको पक्षमा बनेका ऐन, कानुनहरु अझै कार्यान्वयनको पर्खाइमा रहेको सरोकारवालाको दावी छ । समानताको स्थितिमा ल्याउन विशेषाधिकारको नीति अझै कार्यान्वयमा आउँन नसकेको राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । दलित महिला संघ (फेडो)ले आयोजना गरेको एकिकृत निर्वाचन मस्यौदा विधेयक सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य जिवन परियारले संविधानको व्यवस्था अनुसार ऐन आएको बताए ।

दलित महिला बढी भए भनेर ऐन नै खारेज गर्नसमेत लागिपरेको संकेत गर्दै दुई जना महिलामा एक जना दलित महिला अनिवार्य गरिएपनि त्यसलाई हटाउन लागिपरेको जिकिर गरे । प्रत्यक्षतर्फ पनि जनसंख्याको अनुपातमा दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने दलित अगुवाहरुको धारणा छ । निर्वाचनका बेला मतको दान दलितलाई अझै पनि गर्न अस्किार गरिरहेको उनको तर्क छ ।

सकेसम्म समानुपातिक व्यवस्था हटाउने नभए घटाउने खेल भइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यसका विरुद्द सवै दलित एक ठाउँमा आएर आवाज उठाउनु पर्ने बताए । यस्तै दलित महिला संघका अध्यक्ष कला स्वर्णकारले संसदमा आएको विधेयक महिलाको पक्षमा प्रगतिशिल नदेखिएको जिकिर गरिन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता गणेश विक, राप्रपाका केन्द्रीय सदस्य मिना स्वर्णकार, पूर्व सांसद बिमला विश्वकर्मा, एमाले नेता एवम पूर्व सांसद जितु गौतम, राष्ट्रिय सभा सदस्य बिष्णुबहादुर विश्वकर्मा, राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनार, प्रतिनिधि सभा सदस्य हर्कमाया विश्वकर्मा, प्रतिनिधि सभा सदस्य सिता मिजार, प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीलगायतले विधेयक प्रस्तुत भएपछि पहल गर्न प्रतिनिधि सभामा दलित संसद मञ्च खडा गरिएको जानकारी दिए ।

नेपालको दलित आन्दोलनले स्थापित गरेका हक, अधिकार दलित समुदाय बेखबर हुँदा गुम्ने खतरामा पुगेकाले यस विषयमा प्रतिनिधि तथा राष्ट्रिय सभामा दलित साँसदहरुले जोडदार कुरा उठाउनु पर्ने धारणा राखे । राज्यले दलित समुदायका परम्परागत पेसासँग सम्बन्धित आधुनिक व्यवसायमा प्राथमिकता दिई त्यसका लागि आवश्यक पर्ने ऐनसंगै सीप र स्रोत उपलब्ध गराउने व्यवस्था गर्नु पर्नेमा दलित साँसदको जोड छ ।

 


Thali Mobile Pvt.Ltd.